Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

छिन्नमस्ता देवी : भक्तिको केन्द्र र चमत्कारको धाम

१५ आश्विन २०८२, बुधबार १७:१६

काठमाडौँ । दसैँ शुभारम्भ भएसँगै देशका विभिन्न शक्तिपीठहरूमा भक्तजनहरूको भिड लाग्ने गर्छ । त्यस्ता शक्तिपीठहरूमा दिनहुँ पुजापाठ हुने गरेका छन् । ती शक्तिपीठहरूमध्ये शक्तिशाली शक्तिपीठको रूपमा छिन्नमस्ता भगवतीलाई लिने गरिन्छ । त्यही अरुबेला पनि भक्तजनहरूको भिड नै हुन्छ तर दसैँमा त्यहाँ खास हुन्छ ।

छिन्नमस्ता भागवतीको शक्तिको महिमामा यसरी वर्णन गरिएको छ, ‘बलि प्रदान गर्दा निस्केको रगतमा झिङ्गा नबस्नु, लुगामा रगत लागे पनि दाग नलाग्नु, पोखरीको पानीमा रगत मिसिँदा रातो नहुनु, बलि प्रदान गर्ने नाममा राखिएका खसी (बाख्रा) लाई केही नहुनु, बलिका लागि खसी किन्नुअघि कुकुर अथवा स्याल टोकेको छ भन्ने मन्दिर पुग्दा नपुग्दै मर्र्नु, बलि प्रदान गरेको खसीबाट निस्किेको रगत सोही पोखरीमा नबगाएमा अनिष्ट हुनु, जुठो वा अपवित्र पूजा सामग्री कुकुर र कागले छोएर चढाउन नहुने आदि ।

यस्तो मान्यता र आस्था बोकेको छिन्नमस्ता भगवतीको मन्दिरमा भक्तजनको दिनहुँ भिड हुन्छ, तर दसैँको बेला अझै बढी हुन्छ । सप्तरीको राजविराजदेखि १० किलोमिटर दक्षिण भारतीय सीमामा रहेको छिन्नमस्ता भगवती धार्मिक पर्यटकीय हिसाबले पनि चर्चित ठाउँ हो । सप्तरीको सखडा गाउँस्थित ठुलो पोखरीको उत्तरी डिलमा अवस्थित यो मन्दिर विभिन्न ५१ शक्तिपीठहरूमध्ये एक हो, यो प्यागोडा शैलीमा निर्माण गरिएको छ ।

छिन्नमस्ता भगवतीबारे पुस्तक लेखन तथा विभिन्न वृत्तचित्र बनाएका पत्रकार श्यामसुन्दर भन्छन्, ‘राजा शक्रसिंह आफ्ना भाइ–भारदारको दबाबका कारण आफ्ना छोरा कुमार हरिसिंहदेवलाई राजकाज सुम्पेर शेष जीवन बिताउन सप्तरीको सखडा क्षेत्र गएका थिए ।

भगवतीलाई छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी, सखडा माता भनेर पूजा–अर्चना र भाकल गरिन्छ । सखडेश्वरीको मस्तक अर्थात् शीर नभएका कारण भक्तजनले सो भगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तीका भगवती भनेर सम्बोधन गर्ने गरिएको छ ।

  • ऐतिहासिक पक्ष

छिन्नमस्ता भगवतीबारे पुस्तक लेखन तथा विभिन्न वृत्तचित्र बनाएका पत्रकार श्यामसुन्दर भन्छन्, ‘राजा शक्रसिंह आफ्ना भाइ–भारदारको दबाबका कारण आफ्ना छोरा कुमार हरिसिंहदेवलाई राजकाज सुम्पेर शेष जीवन बिताउन सप्तरीको सखडा क्षेत्र गएका थिए । त्यतिबेला सो क्षेत्र घना जङ्गलले भरिएको थियो । राजा शक्रसिंहलाई भगवतीले भनिन्, ‘तिमी जुन स्थानमा बसिरहेका छौ, त्यस स्थानमा त्रिशुल गाडिएको भेटिनेछ र त्यहाँ अरू मूर्ति पनि छेउ–छाउमा पाउने छौं । ती मूूर्तिहरूको पूजा–आजा गरेर बस, तिम्रो भलो हुनेछ ।’

देवी भगवतीले सपनामा दिएको निर्देशन अनुसार राजा शक्रसिंहले त्रिशुल गाडिएको क्षेत्रमा माताको मूर्ति जलाशय अर्थात् हालको शान्ति सागरको किनारमा मूर्तिहरू फेला पारेको किंवदन्ती छ । सोही स्थानमा भगवतीको मूर्ति स्थापना गरेर पूजाआजा गर्न थालेको छिन्नमस्ता सखडेश्वरीको वेबसाइटमा पनि उल्लेख छ ।

एघारौं शताब्दीको अन्त्यतिर भारत कलकत्ताका शासक गयासुद्दीन तुगलकको मुसलमानी आक्रमणकारी दलले सप्तकोशी नदीको किनारको बाटो हुँदै सखडा पीठ ध्वस्त गर्‍यो । मन्दिर ध्वस्त गर्ने क्रममा उनीहरूले त्यहाँका मूर्तिहरू समेत तोडफोड गरी जलाशयमा फ्याँकिदिए । मन्दिरको मूर्ति तोडफोड गरेर मुसलमानी आक्रमणकारी दल अगाडि बढ्यो । सोही क्रममा सखडादेखि १५ किमी पश्चिम–उत्तरस्थित सप्तरी जिल्लाकै मानराजा गाविसको गढीका मूर्तिहरू समेत तोडफोड गर्‍यो ।

२०२८ सालमा जीर्ण मन्दिरलाई तत्कालीन भारतीय रेल मन्त्री ललितनारायण मिश्रले श्रद्धालु भई पक्की मन्दिर भवन साथै तीनकोठे धर्मशाला पनि बनाए ।

मुसलमानी आक्रमणपछि पुनः सखडा क्षेत्र जङ्गलमा परिणत भएको अनुमान गरिन्छ । मन्दिरको पूर्वपटी घना झाडी थियो, जसलाई अहिले पंचमुखी नागवाटिका र केवला वन भनेर चिनिन्छ । यस स्थानमा समय समयमा पंचमुखी नागदेवताले दर्शन दिने गरेको स्थानीय भक्तजनहरू बताउँछन् ।

  • मन्दिरको पुनर्संरचना

मन्दिर र मूर्तिको ऐतिहासिक कुरा गर्दा करिब १२५ वर्षअघि सखडाको भगवती मन्दिर इँटाले बनेको एउटा जीर्ण गुफाको रूपमा थियो ।

स्थानीय बासिन्दा च्याखुरी नानी र चूनीलाल ठाकुरले सफा गरी भीक्षाटनबाट सङ्कलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए । १९९० सालको भूकम्पमा त्यो मन्दिर भत्किएकाले त्यस बेलाका मन्दिरका पुजारी अनिरुद्ध ठाकुरले चन्दा सङ्कलन गरी ग्रामीण समाजको सहयोगले टिनको छाना भएको मन्दिर बनाएको स्थानीयहरू बताउँछन् ।

२०२८ सालमा जीर्ण मन्दिरलाई तत्कालीन भारतीय रेल मन्त्री ललितनारायण मिश्रले श्रद्धालु भई पक्की मन्दिर भवन साथै तीनकोठे धर्मशाला पनि बनाए । त्यसपछि २०४४ सालमा तत्कालीन राजा वीरेन्द्रभगवतीको दर्शनार्थ पुगेका थिए, उनले मन्दिर निर्माणका लागि पाँच लाख रुपियाँ दिएका थिए । उक्त रकमबाट तत्कालीन सगरमाथा अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले आफ्नो सक्रियतामा भगवतीको प्यागोडा शैलीको भव्य र सुन्दर मन्दिरको निर्माण गराएका थिए । सखडा भगवतीको मन्दिर जति पल्ट निर्माण र पुनः निर्माण गरिए पनि त्यहाँको मूर्तिहरू शुद्ध पालवंशी शैलीमा बनाइएका छन् ।

  • विशेष पूजा र बलि

भगवतीको पूजामा ‘फूलहैस’ विशेष पूजा हो । फूलहैसको तात्पर्य मनोरथ पूरा हुने भए शुभसूचक सङ्केतस्वरूप देवीलाई चढाएको फूल झर्ने विश्वास गरिन्छ । सन्तान प्राप्ति, चाँडै विवाह, मुद्दा मामिलामा विजय प्राप्ति आदिका लागि भक्तजनहरू फूलहैस गराउँछन् । मध्यरातमा छिन्नमस्ताको मन्त्र साधनाबाट सरस्वती सिद्ध हुने विश्वास गरिन्छ ।

मनोकामना पूरा भएकाहरूले पञ्चबलि प्रदानसमेत गर्छन् । बोका, खसी, भेडा, परेवा, हाँस र माछाको बलिलाई पञ्चबलि भनिन्छ ।

मन्दिरमा नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरू खसी, बोका, भेडा, परेवा, हाँस र माछाको बलिदान गर्न दिनहुँ भिड लाग्ने गरेको पीठाधीशले बताए । प्रत्येक दिन ५० वटाभन्दा बढी तथा बडादसैँमा हजारौँ बोका, खसी, भेडा, परेवा, हाँस र माछाको बलि चढाइन्छ ।

मनोकामना पूरा भएकाहरूले पञ्चबलि प्रदानसमेत गर्छन् । बोका, खसी, भेडा, परेवा, हाँस र माछाको बलिलाई पञ्चबलि भनिन्छ । ६ बिघा १७ धुर ७ कठा क्षेत्रफल ओगटेको मूल मन्दिरभन्दा पूर्व शिव मन्दिर, हनुमानको मूर्तिहरू छन् ।

  • ऐतिहासिक पोखरी

भगवती मन्दिरको अग्रभागमा पाँच सय वर्गफिटको एउटा जलाशय छ, जुन कहिल्यै सुक्दैन । राजविराजका पत्रकार धीरेन्द्र साह भन्छन्, ‘जस्तोसुकै खडेरी आए पनि त्यो पोखरी (जलाशय) सुकेको हामीले सुनेका छैनौँ । जलाशयमा कमल फूल फुल्थ्यो र त्यही कमलको माला गुँथेर देवीलाई समर्पण गरिन्थ्यो । जलाशयमा सुनको बुलाकी लगाएको विशाल कायाको माछा देखिन्थ्यो भन्ने जनविश्वास छ ।’

स्थानीय भक्तजनका अनुसार बयलगाडाका जमानामा व्यापारीहरूले सखडाको बाटो प्रयोग गर्दथे । उनीहरू यस जलाशयको डिलमा थकाइ मार्थे र पोखरीको पवित्र जलले तिर्खा मेटाउँथे । व्यापारी वा बटुवाहरूले खाना पकाउनुपर्‍यो भने भाँडा–वर्तनका लागि मातासमक्ष बिन्ती गर्नुपथ्र्यो । जलाशयको बिच भागबाट भाँडा–वर्तन पानीमा तैरेर किनारमा आउँथ्यो । भाँडा वर्तनको प्रयोगपछि सफा गरेर पोखरीकै जलमा समर्पण गरिन्थ्यो भनी स्थानीयहरू सुनाउँछन् ।

शक्तिपीठ परिसरमा निर्माणाधीन दश महाविद्या मन्दिरमा काली, तारा, त्रिपुर सुन्दरी, भुवनेश्वरी, त्रिपुर भैरवी, छिन्नमस्ता, धुमावती, बगलामुखी, मातंगी र कमलाको मूर्ति स्थापना गरिने लक्ष्य छ ।

२०१३ मा राजा महेन्द्रले मन्दिरको भ्रमणका क्रममा पोखरी जीर्णोद्धारका लागि एक हजार रुपैयाँ दिएका थिए । पोखरी जीर्णोद्धार गर्दा एउटा सिक्का भेटियो । उक्त सिक्का विर्तवाल हेम कुमार उपाध्यायको घरमा राखियो र पछि काठमाडौँ लगिएको बताइन्छ ।

पीठमा चढाइने बोकाको रगत पोखरीमै मिसिए पनि जलाशयको स्वच्छतामा कुनै कमी आएको छैन । जलाशयको मध्यभागमा स्थापित स्तम्भमाथि कमलदलमा श्रीयन्त्र अङ्कित गरिएको छ, जसले जलाशय र पीठको सौन्दर्य बढाएको छ । जलाशयको चारैतर्फ पक्की तथा व्यवस्थित घाट निर्माण गरी बगैंचा लगाइएको छ । मन्दिर क्षेत्रमा वनभोजस्थल, गाडी पार्किङ्ग, पोखरीमा स्नानघाट निर्माण गरिएको छ ।

शक्तिपीठ परिसरमा निर्माणाधीन दश महाविद्या मन्दिरमा काली, तारा, त्रिपुर सुन्दरी, भुवनेश्वरी, त्रिपुर भैरवी, छिन्नमस्ता, धुमावती, बगलामुखी, मातंगी र कमलाको मूर्ति स्थापना गरिने लक्ष्य छ ।

यस पोखरीको सम्बन्धमा एउटा सुनको सिङ भएको राँगो (दैवी शक्ति सम्पन्न) छ भन्ने विश्वास गरिन्छ । बुढापाकाले आफ्नै आँखाले उक्त विशालकाय राँगो पोखरीबाट निस्केको एवं पसेको देखेको बताएका थिए । कहिलेकाहीँ जुनेली रातमा पोखरीभित्रै पनि उक्त राँगो पौडेको देखिन्छ भने गरिन्छ ।

  • पर्यटकको आकर्षण र विकासको आवश्यकता

छिन्नमस्ता भगवती व्यवस्थापन समितिले पर्यटकहरू आकर्षण गर्नसमय–समयमा विभिन्न गतिविधिहरू गरिरहेको हुन्छ । केही वर्ष पहिले नेपालको पूर्वदेखि पश्चिमसम्म र काठमाडौँसम्म रथ यात्रा गरेको थियो । रथ यात्रापछि आन्तरिक पर्यटकको सङ्ख्यामा निकै वृद्धि भएको सप्तरीका पत्रकार यादव बताउँछन् । यहाँ भारतीय पर्यटकको उच्च आकर्षण रहेको छ । कहिलेकाहीँ बङ्गलादेशी पर्यटक पनि आउने गरेका छन् । तेस्रो मुलुकका पर्यटक भित्र्याउनका लागि त्यहीअनुसारप्रचार प्रसारको आवश्यकता देखिन्छ ।

सप्तरीका माओवादी नेता एवं पूर्वमन्त्री उमेश यादव भन्छन्, ‘यहाँ आन्तरिक पर्यटकको कमी छैन, तर आउने पर्यटकलाई यहाँ टिकाउन सकिएको छैन । कम्तीमा यहाँ आउने पर्यटकहरू एक रात यहाँ बसोस्, अनि मात्र यसको विकास सम्भव हुने देखिन्छ ।’

हालसम्म पर्यटकलाई बस्नका लागि यहाँबासको व्यवस्थासमेत गरिएको छैन । मन्दिर वरिपरि होटल अथवा लज पनि छैनन् । यदि कुनै पर्यटक आएर बस्न चाहे १० किलोमिटर टाढा राजविराज सदरमुकाम जानुपर्ने बाध्यता छ । यद्यपि स्थानीय स्तरबाट त्यसका लागि पहल भइरहेको छ ।

पर्यटककोबासका लागि सुविधासम्पन्न धर्मशाला बनाउनुको साथै खानपिनको सुविधा प्रदान गर्नका लागि संरचनाहरू बनाउने काम भएको छ ।  स्रोत : रातो पाटि

प्रतिक्रिया

सम्बन्धित समाचार

सर्लाहीमा माटोले पुरिएर घाइते भएका चारै जनाको मृत्यु

लक्ष्मीनिया-७ धनुषामा आमा समूहसँग मर्यादित महिनावारी विषयक छलफल सम्पन्न

हरिवनमा ओपन स्काउट क्रुउद्वारा सरसफाइ अभियान सम्पन्न

मधेशबाहेक अरू प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

जनकपुरधाममा शहीदहरूको सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

जनकपुरधाममा ट्राफिक प्रहरीलाई लायन्स र लियो क्लबद्वारा सहयोग हस्तान्तरण

ताजा अपडेट

  • सर्लाहीमा माटोले पुरिएर घाइते भएका चारै जनाको मृत्यु

  • छिन्नमस्ता देवी : भक्तिको केन्द्र र चमत्कारको धाम

  • लक्ष्मीनिया-७ धनुषामा आमा समूहसँग मर्यादित महिनावारी विषयक छलफल सम्पन्न

  • हरिवनमा ओपन स्काउट क्रुउद्वारा सरसफाइ अभियान सम्पन्न

  • मधेशबाहेक अरू प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने

  • जनकपुरधाममा शहीदहरूको सम्झनामा दिप प्रज्वलन कार्यक्रम सम्पन्न

© 2025: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.