• होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

१० असार २०८३, बुधबार १८:३९

हरिवन नगरपालिका, सर्लाहीले ‘समृद्धिका लागि वन (Forests for Prosperity)’ परियोजना अन्तर्गत स्थानीय तहमा सञ्चालित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयन गर्दै आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा मधेश प्रदेशभर दोस्रो स्थान हासिल गर्न सफल भएको छ।

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको रेड कार्यान्वयन केन्द्र, बबरमहल, काठमाडौंले वन विकास, कृषिवन स्थापना, वातावरण संरक्षण तथा समुदायको आर्थिक समृद्धिमा पुर्‍याएको उल्लेखनीय योगदानको उच्च मूल्याङ्कन गर्दै हरिवन नगरपालिकालाई प्रशंसापत्रसहित रु. ७५ हजार नगद पुरस्कार प्रदान गरेको हो।

होटल सिमरा इनमा आयोजित कार्यक्रममा हरिवन नगरपालिकाका उपप्रमुख हरिमाया घलान तथा प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाँललाई पुरस्कार राशिको चेक र प्रशंसापत्र हस्तान्तरण गरिएको वन तथा वातावरण शाखा प्रमुख सुवाश कुशवाहाले जानकारी दिए।

रेड कार्यान्वयन केन्द्रका राष्ट्रिय परियोजना निर्देशक तथा सहसचिव नवराज पुडासैनीद्वारा प्रदान गरिएको प्रशंसापत्रमा हरिवन नगरपालिकाले स्थानीय स्तरमा वन तथा वातावरण संरक्षणका कार्यक्रम, निजी तथा सार्वजनिक जग्गामा वृक्षारोपण, गाउँटोलस्तरमा वृक्षारोपणसम्बन्धी तालिम, विद्यालयहरूमा इको क्लब सञ्चालन तथा बोटबिरुवा वितरणजस्ता कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरी समुदायको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरिएको छ।

कार्यक्रममा बोल्दै उपप्रमुख हरिमाया घलानले ‘समृद्धिका लागि वन’ परियोजनाले स्थानीय स्तरमा वृक्षारोपणप्रति नागरिकहरूको सकारात्मक सोच विकास गरेको, खाली तथा बाँझो जमिनको सदुपयोग गर्न प्रेरित गरेको तथा जनप्रतिनिधिहरूलाई वन तथा वातावरणसम्बन्धी नीति, नियम र कानुनबारे जानकारी अभिवृद्धि गर्न सहयोग पुगेको बताइन्। साथै, नदी उकास क्षेत्रको जमिनमा कृषिवन स्थापना, सडक किनारमा वृक्षारोपणलगायतका कार्यमा परियोजनाले महत्वपूर्ण टेवा पुर्‍याएको उल्लेख गर्दै आगामी आर्थिक वर्षहरूमा पनि परियोजनालाई निरन्तरता दिन सम्बन्धित सरोकारवालाहरूसँग आग्रह गरिन्।

वार्षिक मूल्याङ्कनअनुसार जगरनाथपुर गाउँपालिका प्रथम, नवराजपुर नगरपालिका तृतीय तथा पटेर्वा सुगौली गाउँपालिका चतुर्थ स्थानमा रहेका छन्।

उक्त कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका उपसचिवहरू प्रकाश थापा, गणेश कार्की र महेश ढुंगाना, वन विज्ञ पशुपतिनाथ कोइराला, मधेश प्रदेश वन निर्देशनालयका निर्देशक जगरनाथ प्रसाद जयसवाल, डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झा, वन अधिकृत वर्षा लामा, योजना अधिकृत लालबाबु यादव, अनुगमन तथा मूल्याङ्कन विज्ञ सन्तोष दुवे लगायत वन तथा वातावरण क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

ताजा अपडेट

  • ‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

  • विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.