Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

युरोपले भारतमाथि प्रतिबन्ध लगायो

५ श्रावण २०८२, आईतवार ११:५७

काठमाडौँ- भारतीय विदेश मन्त्रालयले पहिलो पटक युरोपेली संघद्वारा भारतीय रिफाइनरीमा लगाइएको प्रतिबन्धप्रति प्रतिक्रिया जनाएको छ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले एक्समा विज्ञप्ति जारी गर्दै भने, “युरोपेली संघको पछिल्लो प्रतिबन्ध हाम्रो जानकारीमा छ। भारत कुनै पनि एकपक्षीय प्रतिबन्धलाई समर्थन गर्दैन।”

उनले थपे, “हामी एक जिम्मेवार देश हौं र हाम्रा कानुनी जिम्मेवारीहरूप्रति पूर्ण रूपमा प्रतिबद्ध छौं। भारतले आफ्ना नागरिकहरूको आधारभूत आवश्यकताहरू पूरा गर्न ऊर्जा सुरक्षाको प्रावधानलाई महत्त्वपूर्ण मान्छ।”

शुक्रबार युरोपेली आयोगका उपाध्यक्ष काजा कालासले सामाजिक सञ्जाल एक्समा लेखिन्, “पहिलो पटक, हामी भारतमा रहेको रोजनेफ्टको सबैभन्दा ठूलो रिफाइनरीमा प्रतिबन्ध लगाउँदैछौं, जसमा फ्ल्याग रजिस्ट्री पनि समावेश छ।”

युरोपेली संघले युक्रेन युद्धका कारण रुसमाथि १८ औं चरणको प्रतिबन्ध घोषणा गरेको छ।

काजा कालासले अर्को पोस्टमा लेखेकी छिन्, “ईयूले रूसमाथि अहिलेसम्मकै कडा प्रतिबन्ध लगाएको छ। १०५ स्याडो फ्लीट जहाजहरूमाथि प्रतिबन्ध लगाएर र रूसी बैंकहरूसमेत पहुँच रोक्दै, हामी क्रेमलिनको युद्ध बजेटलाई अझै कम गर्दैछौं।”

हालै, नेटो महासचिव मार्क रुटले भनेका थिए – यदि ब्राजिल, चीन र भारत जस्ता देशहरूले रूससँग व्यापार जारी राखे भने, उनीहरूमाथि दोस्रो चरणको प्रतिबन्ध लगाइनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

ताजा अपडेट

  • महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

  • Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

  • गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

  • नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

  • मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

  • जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

© 2025: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.