सर्लाही – सर्लाही जिल्लाको बागमती नगरपालिका–१२ स्थित भरततालमा बुधबार एक महिलाको शव डुबेको अवस्थामा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बालिस्टार सिंहका अनुसार स्थानीयवासीहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको र आवश्यक अनुसन्धान सुरु गरेको छ।
हरिवन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक चन्द्र अधिकारीको नेतृत्वमा घटनास्थल पुगेको टोलीले तालबाट शव निकाल्ने काम गरिरहेको छ। मृतक महिलाको पहिचान अहिलेसम्म खुलेको छैन।
प्रहरीले घटनाको प्रकृति र कारण पत्ता लगाउन अनुसन्धान जारी राखेको जनाएको छ। थप विवरण आउन बाँकी छ।




