विवेक कुमार महतो, गौशाला । अत्यधिक वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास न.पा.–५ स्थित टुटेश्वर जंगलको सडक खण्ड बगाउँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएपछि सवारी साधनका लागि वैकल्पिक मार्गको रूपमा गौशाला चौक हुँदै गौशाला बजारबाट लक्ष्मीनियाँ चौक हुँदै पुनः पूर्व–पश्चिम राजमार्गमा जोडिने बाटो प्रयोग भइरहेको छ ।
यातायात व्यवस्था कार्यालय तथा स्थानीय प्रशासनले यात्रुहरूलाई सुरक्षित यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन् ।




