सर्लाही — बागमती नगरपालिका–६, सर्लाहीका ३७/३८ वर्षीय कृष्ण घिमिरे आज बिहानदेखि सम्पर्कविहीन भएका छन्। परिवारका अनुसार, उनी हल्का सुस्त मानसिक अवस्थाका थिए र आज मिति २०८२ साल साउन २३ गते बिहान करिब १० बजेबाट सम्पर्कमा छैनन्।
घरबाट निस्किएपछि हालसम्म कुनै समाचार नआएको र मोबाइल सम्पर्क पनि नभएको परिवारजनले जनाएका छन्। सम्भावित स्थान अज्ञात रहेकाले प्रहरी र स्थानीयले खोजी कार्य सुरु गरेका छन्।
परिवारका तर्फबाट जानकारी दिँदै भनिएको छ, “यदि उहाँलाई कहीँ कतै देख्नु भएमा तुरुन्त ९७४६६६३५०७ नम्बरमा सम्पर्क गरिदिनुहोस्। तपाईंको सानो सहयोगले ठूलो मद्दत पुग्न सक्छ।”




