Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

स्टार्टअप आइडिया एक्सचेन्ज समिट २०२५ मलङ्गवामा भव्य रूपमा सम्पन्न

२८ श्रावण २०८२, मंगलवार २२:३२

मलङ्गवा, सर्लाही – २०७२ साउन २७ गते जिल्ला युवा सञ्जाल, सर्लाहीको आयोजनामा स्टार्टअप आइडिया एक्सचेन्ज समिट २०२५ सर्लाही क्याम्पस, मलङ्गवामा भव्य रूपमा सम्पन्न भएको छ। “Youth in Startups – Think, Share & Build” भन्ने मुल नारासहित भएको कार्यक्रममा १०० भन्दा बढी उत्साही सहभागी, नवप्रवर्तक तथा परिवर्तनकर्ताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा आइडिया प्रेजेन्टेशन, मेन्टोरिङ सेसन र नेटवर्किङ अवसर जस्ता गतिविधिहरू समावेश गरिएका थिए। यस अवसरमा सहभागीहरूले नयाँ स्टार्टअप विचार प्रस्तुत गर्नुका साथै अनुभव र ज्ञान आदान–प्रदान गरेका थिए।

कार्यक्रमका अध्यक्ष जिल्ला युवा सञ्जाल सर्लाहीका अध्यक्ष कमल कुमार महतो रहनु भएको थियो भने प्रमुख अतिथि सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ हुनुहुन्थ्यो।

विशिष्ट तथा अन्य अतिथिहरूमा सशस्त्र प्रहरी S.P. देव बहादुर चन्द, UNFPA जिल्ला संयोजक बच्चालाल महतो, RUWA अध्यक्ष गोमा देवी न्यौपाने, बागमती सेवा समाज प्रतिनिधि राम कृष्ण यादव, RRPK प्रतिनिधि जय नेन्द्र साह, ROYM नेपाल अध्यक्ष अरविन्द चौधरी, युवाअभियन्ता अभिनाश यादव र सन्तोष यादव, स्वतन्त्र विद्यार्थी यूनियन (FSU) सर्लाही क्याम्पस अध्यक्ष सुजित यादव, साथै ओमप्रकाश ठाकुर लगायतको उपस्थिति रहेको थियो।

समिटलाई सफल बनाउन सहयोग गर्ने संस्थाहरूमा RRPK, RUWA, बागमती सेवा समाज, ROYM, UNFPA तथा लालबन्दी नगरपालिका रहेका छन्। त्यस्तै, विशेष सहयोगी व्यक्तिहरू सन्तोष दाहाल, बच्चालाल महतो, मनोज साह, रुपेश कर्ण, बासुदेव अधिकारी, गोपाल पजियार, मनोज कुमार आचार्य र राजकुमार न्यौपाने प्रति आयोजकले आभार प्रकट गरेको छ।

जिल्ला युवा सञ्जाल सर्लाहीका अध्यक्ष कमल कुमार महतोका अनुसार, यस्तो कार्यक्रमले युवाहरूमा उद्यमशीलताको भावना जगाउने मात्र नभई नेपालको भविष्यका लागि नवीनतम सोच र नेटवर्किङको सशक्त प्लेटफर्म उपलब्ध गराएको छ। आगामी दिनमा पनि युवाहरूलाई सक्षम बनाउन यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने उनले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

लेखा अधिकृतसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.