Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

धनुषामा गोली प्रहार गरी लागूऔषध कारोबारी पक्राउ

३० श्रावण २०८२, बिहीबार ०७:११

जनकपुरधाम- सडकमा रोक्न खोज्दा भागेपछि प्रहरीले गोली हानेर नियन्त्रणमा ल्यायो, २०० ग्राम ब्राउन सुगर बरामद

धनुषामा प्रहरीले गोली प्रहार गर्दै एक लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। मिथिला नगरपालिका–६ ढल्केवरका ४८ वर्षीय पप्पु साहलाई बुधबार साँझ करिब ५ बजे मिथिला नगरपालिका–२ नक्टाझिजस्थित जनकपुर–ढल्केवर सडकखण्डमा नियन्त्रणमा लिन खोज्दा उनी भाग्ने प्रयास गरेका थिए।

प्रहरीका अनुसार रोक्ने आदेश अवज्ञा गरी भागेपछि बेरेटा सानो पेस्तोलबाट एक राउण्ड हवाई फायर र अर्को राउण्ड गोली प्रहार गर्दा साहको दाहिने खुट्टामा लागेको हो। घाइते साहलाई उपचारका लागि जानकी मेडिकल कलेज रमदैयामा भर्ना गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

उनको साथबाट २०० ग्राम ब्राउन सुगर बरामद गरिएको छ। मोटरसाइकलमा पछाडि सवार हंसपुर नगरपालिका–५ निकालकी ३० वर्षीया सेलो देवी रामलाई समेत प्रहरीले पक्राउ गरेको छ।

यो कारबाही काठमाडौंबाट खटिएका प्र.नि. राकेश यादव र महेन्द्रनगर, धनुषाबाट खटिएका प्र.नि. राजाराम यादवको संयुक्त टोलीले गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

ताजा अपडेट

  • महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

  • Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

  • गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

  • नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

  • मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

  • जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

© 2025: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.