• होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

धनुषामा गोली प्रहार गरी लागूऔषध कारोबारी पक्राउ

३० श्रावण २०८२, बिहीबार ०७:११

जनकपुरधाम- सडकमा रोक्न खोज्दा भागेपछि प्रहरीले गोली हानेर नियन्त्रणमा ल्यायो, २०० ग्राम ब्राउन सुगर बरामद

धनुषामा प्रहरीले गोली प्रहार गर्दै एक लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ। मिथिला नगरपालिका–६ ढल्केवरका ४८ वर्षीय पप्पु साहलाई बुधबार साँझ करिब ५ बजे मिथिला नगरपालिका–२ नक्टाझिजस्थित जनकपुर–ढल्केवर सडकखण्डमा नियन्त्रणमा लिन खोज्दा उनी भाग्ने प्रयास गरेका थिए।

प्रहरीका अनुसार रोक्ने आदेश अवज्ञा गरी भागेपछि बेरेटा सानो पेस्तोलबाट एक राउण्ड हवाई फायर र अर्को राउण्ड गोली प्रहार गर्दा साहको दाहिने खुट्टामा लागेको हो। घाइते साहलाई उपचारका लागि जानकी मेडिकल कलेज रमदैयामा भर्ना गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए।

उनको साथबाट २०० ग्राम ब्राउन सुगर बरामद गरिएको छ। मोटरसाइकलमा पछाडि सवार हंसपुर नगरपालिका–५ निकालकी ३० वर्षीया सेलो देवी रामलाई समेत प्रहरीले पक्राउ गरेको छ।

यो कारबाही काठमाडौंबाट खटिएका प्र.नि. राकेश यादव र महेन्द्रनगर, धनुषाबाट खटिएका प्र.नि. राजाराम यादवको संयुक्त टोलीले गरेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

लेखा अधिकृतसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

ताजा अपडेट

  • ‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

  • विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.