
सर्लाही- सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का शिवनाथ कहारलाई गाउँपालिकाले विशेष सम्मान गरेको छ।
करिब एक दशकदेखि दलित र विपन्न बस्तीका बालबालिकालाई निःशुल्क ट्युसन पढाउँदै आएका कहार हालै अनलाइन खबर मिडियाबाट ‘४० वर्ष मुनिका ४० प्रभावशाली युवा’ मध्ये चयन भई राष्ट्रिय स्तरमा सम्मानित भएका थिए।
शारीरिक अपांगता हुँदाहुँदै बिहान ६–८ बजेसम्म करिब ३० बालबालिकालाई पढाउने कहार विद्यालय जान अभिभावकलाई प्रोत्साहित गर्दै शैक्षिक सामग्री उपलब्ध गराउँदै आएका छन्।
गाउँपालिका अध्यक्ष राजकुमार महतोले उनलाई दोसल्ला र बधाईपत्र प्रदान गर्दै योगदानको प्रशंसा गरे।