रौतहट- रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीमा जन्माष्टमी मेलाको उद्घाटनलाई लिएर झडप भएको छ ।
शनिबार मेला उद्घाटनका क्रममा रिबन काट्ने विषयमा विवाद उत्पन्न भएपछि झडप भएको प्रहरीले जनाएको छ । झडपमा परेर नगरप्रमुख प्रेमलाल साहसहित पाँच जना घाइते भएका छन्।
घाइते हुनेमा मेयर साहसँगै वरिष्ठ प्रहरी हवल्दार जगदीश यादव, धनसुन्दर ठाकुर, स्थानीय श्याम विनय साह र राम विकास साह रहेका छन् । उनीहरूको गरुडा स्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार घटनामा संलग्न धरहरी टोलका राधामोहन साह , विनोद साह , र रितिक साह लाई नियन्त्रणमा लिइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




