Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

रौतहटमा झडप अपडेट : नगुरप्रमुखका टाउकामा लगाइयो १७ टाँका

१ भाद्र २०८२, आईतवार ०६:५२

रौतहट– रौतहटको देवाहीगोनाही नगरपालिका–९ धरहरीटोलस्थित कृष्ण मन्दिरमा शनिबार भएको श्रीकृष्ण जन्माष्टमी मेलाको उद्घाटनलाई लिएर दुई पक्षबीच झडप हुँदा नगरप्रमुख प्रेमलाल साह कानुसहित पाँच जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीका अनुसार घाइते नगरप्रमुख कानुको टाउकोमा १७ वटा टाँका लगाइएको छ । प्रहरी हबलदार जगदीशराय यादवको टाउकोमा ५ वटा र हबलदार धनसुन्दर ठाकुरको टाउकोमा ४ वटा टाँका लगाइएको छ । अन्य घाइतेहरूको गरुडास्थित बेटर नेपाल अस्पतालमा उपचार भइरहेको छ ।

झडपमा देवाहीगोनाही–९ का रामविकाश साह र श्यामविनय साह पनि घाइते भएका छन्।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले देवाहीगोनाही–९ का राधामोहन साह , विनोद साह र रीतिक साह लाई पक्राउ गरेको छ ।

नगरप्रमुख पक्षले रिबन काटेर मेलाको औपचारिक उद्घाटन गर्नुपर्ने अडान राख्दा, अर्को पक्षले औपचारिकता बिना मेला सञ्चालन गर्ने अडान लिँदा विवाद उत्पन्न भई झडप भएको प्रहरीले जनाएको छ ।

कृष्ण जन्माष्टमी मेलामा झडप : मेयरसहित ५ जना घाइते, तीन जना नियन्त्रणमा

प्रतिक्रिया

सम्बन्धित समाचार

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

ताजा अपडेट

  • महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

  • Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

  • गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

  • नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

  • मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

  • जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

© 2025: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.