Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

जनकपुरधाममा ‘PRE Local Conference of Youth 2025’ सम्पन्न

८ भाद्र २०८२, आईतवार १९:५३

जनकपुरधाम, ८ भदौ — जलवायु परिवर्तन, दिगो विकास, र युवाको नेतृत्वबारे केन्द्रित ‘PRE Local Conference of Youth 2025’ जनकपुरधामस्थित मोडेल कलेजमा सफलता साथ सम्पन्न भएको छ। कार्यक्रमको आयोजन युवा संस्था Yuwaah ले गरेको हो भने Power Shift Nepal ले होस्ट गरेको थियो।

कार्यक्रममा मधेस प्रदेशका विभिन्न संघ–संस्थाबाट आएका ४३ जना युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मिथिला वाइल्डलाइफ ट्रस्ट, Youth Advocacy Nepal लगायत संस्थाहरूको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

उद्घाटन सत्रमा नीति निर्माताको आह्वान
मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले उद्घाटन सत्रमा युवाको सक्रिय सहभागिता बिना जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने बताउँदै, यस्ता कार्यक्रमले युवालाई नीतिगत तहमा योगदान गर्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले चुरे विनाशका कारण मधेसमा पानीको अभाव बढ्दै गएको उल्लेख गर्दै सरकार र नागरिक समाजले एकजुट भएर संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले जलवायु परिवर्तनका प्रत्यक्ष असर कृषिमा परेको र कृषकका लागि ठोस राहत योजना आवश्यक रहेको धारणा राख्नुभयो।


विषयगत सत्रहरूमा गहिरो छलफल
कार्यक्रममा Loss and Damage, Climate Finance, Climate False Solutions, GESI (Gender Equality and Social Inclusion), तथा Children and Youth विषयमा समूहगत छलफलहरू गरियो।

महिला अधिकारकर्मी गुन्जा राईले GESI सम्बन्धी सत्र सहजीकरण गर्नुभएको थियो, जसमा समावेशी दृष्टिकोणबाट जलवायु न्याय र युवाको भूमिका बारे चर्चा गरियो।

वातावरण विज्ञ अजित श्रीवास्तवले मधेस प्रदेशमा जलवायु परिवर्तनका प्रत्यक्ष प्रभावबारे प्राविधिक प्रस्तुति दिनुभयो।

युवाको प्रतिबद्धता र नेतृत्वको आह्वान
कार्यक्रमको समापन सत्रमा Yuwaah का संस्थापक अध्यक्ष कैयुम राईन युवालाई सम्बोधन गर्दै भन्नुभयो:
“हामी तपाईंहरूको आवाजलाई राष्ट्रिय LCOY सम्मेलनमा समावेश गर्नेछौं। जलवायु परिवर्तन एक विश्वव्यापी मुद्दा हो, जसमा राजनीतिक आयामहरू पनि छन्। हामी सबैले मिलेर मधेसलाई बचाउनु छ, सुख्खा क्षेत्रलाई जोगाउनु छ। युवाहरू एकजुट भएर आगामी दिनमा थप कार्यक्रमहरू गर्ने प्रतिबद्धता जनाउनु आवश्यक छ।”

कार्यक्रमले युवाहरूलाई जलवायु मुद्दामा गहिरो समझ, नीति निर्माणमा सहभागिता, र सामाजिक नेतृत्वको प्रेरणा दिएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

 

Loading Comments...
 

You must be logged in to post a comment.