• होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

मधेस प्रदेशमा बालबालिका सम्बन्धी नीतिगत अवस्था विषयक प्रदेश स्तरीय नीति संवाद सम्पन्न

८ भाद्र २०८२, आईतवार २२:०४

गाैशाला, भदौ ८ गते । सबल नेपाल र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा मधेस प्रदेशमा बालबालिका सम्बन्धि नीतिगत व्यवस्था र कार्यान्वयन अवस्थामाथि प्रदेश स्तरीय नीति संवाद कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम मधेस प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयअन्तर्गत समाज कल्याण महाशाखा प्रमुख निर्मला मिश्रको अध्यक्षतामा आईतबार धनुषाको जनकपुरधाममा हाेटल सिताशरणकाे सभाहलमा सम्पन्न भएको हो ।
प्रमुख निर्मला मिश्रले बालमैत्री स्थानीय सरकार बनाउन प्रत्येक पालिकामा बालमैत्री बजेट सुनिश्चित गर्नुपर्ने, बालबालिकाका आवाजलाई नीतिगत तहसम्म पुर्‍याउन प्रदेश र स्थानीय सरकारबीचको सहकार्य मजबुत गर्नुपर्नेमा जोड दिए ।

साथै, अपांग बालबालिका, दलित तथा सीमान्तकृत समुदायका बालबालिकाको अधिकार सुनिश्चित गर्न विशेष कार्यक्रम आवश्यक रहेको सुझाव पनि उहाँले प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा वक्ताहरूले मधेस प्रदेशमा बालबालिकासम्बन्धी नीति त बन्ने तर त्यसको कार्यान्वयनमा भने चुनौती विद्यमान रहेकोमा चिन्ता व्यक्त गरे । बालश्रम, बालविवाह, विद्यालय बाहिर रहेका बालबालिका, दुर्व्यवहार र हिंसाबाट बालबालिकालाई जोगाउने सवालमा अझै गम्भीरता र ठोस कदम आवश्यक रहेको उहाँहरूको भनाइ थियो ।
कार्यक्रममा प्रदेश र स्थानीय तहमा बनेका विभिन्न बालबालिकासम्बन्धी कार्यविधि, मार्गदर्शन र कानूनी प्रावधानहरूको समीक्षा समेत गरिएको थियो । सहभागीहरूले नीतिगत संरचना बनेपनि त्यसको प्रभावकारी कार्यान्वयनमा आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा राखे ।

कार्यक्रमको समापन गर्दै अध्यक्षता गरिरहेकी निर्मला मिश्रले बालबालिकासम्बन्धी नीतिगत विषयलाई प्राथमिकतामा राखेर मन्त्रालयले सहकार्यात्मक ढंगले अघि बढाउने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा जनकपुर उपमहानगरपालिका महिला विकास अधिकृत शौर्या शाह, सबल नेपालका उपाध्यक्ष भुपेस साह, समावेशी अपांग संघका अध्यक्ष सतीश चन्द्र झा, राष्ट्रिय अपांग महासंघ मधेस प्रदेशका व्यवस्थापक प्रकाश नेपाली, प्रदेश समन्वय अधिकृत संजिव महतो, बाल संजाल मधेस प्रदेशका अध्यक्ष निरज कुमार शाह, मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महरा लगायत विभिन्न संघसंस्था, प्रदेश तथा जिल्ला बाल संजालका अध्यक्ष, सदस्य तथा पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

ताजा अपडेट

  • विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.