महोत्तरी, गौशाला – महोत्तरीको गौशाला नगरपालिका–१० स्थित समुदायिक फिल्ड (वडा कार्यालय अगाडिको मैदान)मा आजदेखि दुई दिने जितवाहन मेला महोत्सव सुरु भएको छ ।
तराईमा श्रद्धापूर्वक तीन दिनसम्म जितिया पर्व मनाइन्छ । सन्तानको सुख, शान्ति र दिर्घायुको कामना गर्दै महिलाहरुले ३६ घण्टासम्म निराहार बसेर जितिया पर्व मनाउने गर्छिन् ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सात छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितवाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत शुरु भएको पौराणिक कथन छ ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, विभिन्न स्थानीय खेलकुद स्थानीय व्यापारीहरूले विभिन्न स्टलहरू समेत राखेका छन् जसमा धार्मिक सामग्री, मिठाई, घरेलु उत्पादन र खानेकुराहरू बिक्री भइरहेको छ ।

मेलामा गौशालावासीहरूले परिवारसहित मेलामा सहभागी भई रमाइलो गर्ने अपेक्षा गरिएको छ। आयोजक समितिका अनुसार मेलाले धार्मिक, सांस्कृतिक र सामाजिक एकता प्रवद्र्धन गर्न मद्दत गर्नेछ ।






You must be logged in to post a comment.