मुसलमानी आक्रमणपछि पुनः सखडा क्षेत्र जङ्गलमा परिणत भएको अनुमान गरिन्छ । मन्दिरको पूर्वपटी घना झाडी थियो, जसलाई अहिले पंचमुखी नागवाटिका र केवला वन भनेर चिनिन्छ । यस स्थानमा समय समयमा पंचमुखी नागदेवताले दर्शन दिने गरेको स्थानीय भक्तजनहरू बताउँछन् ।
- मन्दिरको पुनर्संरचना
मन्दिर र मूर्तिको ऐतिहासिक कुरा गर्दा करिब १२५ वर्षअघि सखडाको भगवती मन्दिर इँटाले बनेको एउटा जीर्ण गुफाको रूपमा थियो ।
स्थानीय बासिन्दा च्याखुरी नानी र चूनीलाल ठाकुरले सफा गरी भीक्षाटनबाट सङ्कलित रकमबाट सानो मन्दिर निर्माण गरेका थिए । १९९० सालको भूकम्पमा त्यो मन्दिर भत्किएकाले त्यस बेलाका मन्दिरका पुजारी अनिरुद्ध ठाकुरले चन्दा सङ्कलन गरी ग्रामीण समाजको सहयोगले टिनको छाना भएको मन्दिर बनाएको स्थानीयहरू बताउँछन् ।
२०२८ सालमा जीर्ण मन्दिरलाई तत्कालीन भारतीय रेल मन्त्री ललितनारायण मिश्रले श्रद्धालु भई पक्की मन्दिर भवन साथै तीनकोठे धर्मशाला पनि बनाए । त्यसपछि २०४४ सालमा तत्कालीन राजा वीरेन्द्रभगवतीको दर्शनार्थ पुगेका थिए, उनले मन्दिर निर्माणका लागि पाँच लाख रुपियाँ दिएका थिए । उक्त रकमबाट तत्कालीन सगरमाथा अञ्चलाधीश सूर्यबहादुर सेन ओलीले आफ्नो सक्रियतामा भगवतीको प्यागोडा शैलीको भव्य र सुन्दर मन्दिरको निर्माण गराएका थिए । सखडा भगवतीको मन्दिर जति पल्ट निर्माण र पुनः निर्माण गरिए पनि त्यहाँको मूर्तिहरू शुद्ध पालवंशी शैलीमा बनाइएका छन् ।
- विशेष पूजा र बलि
भगवतीको पूजामा ‘फूलहैस’ विशेष पूजा हो । फूलहैसको तात्पर्य मनोरथ पूरा हुने भए शुभसूचक सङ्केतस्वरूप देवीलाई चढाएको फूल झर्ने विश्वास गरिन्छ । सन्तान प्राप्ति, चाँडै विवाह, मुद्दा मामिलामा विजय प्राप्ति आदिका लागि भक्तजनहरू फूलहैस गराउँछन् । मध्यरातमा छिन्नमस्ताको मन्त्र साधनाबाट सरस्वती सिद्ध हुने विश्वास गरिन्छ ।
मनोकामना पूरा भएकाहरूले पञ्चबलि प्रदानसमेत गर्छन् । बोका, खसी, भेडा, परेवा, हाँस र माछाको बलिलाई पञ्चबलि भनिन्छ ।
मन्दिरमा नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरू खसी, बोका, भेडा, परेवा, हाँस र माछाको बलिदान गर्न दिनहुँ भिड लाग्ने गरेको पीठाधीशले बताए । प्रत्येक दिन ५० वटाभन्दा बढी तथा बडादसैँमा हजारौँ बोका, खसी, भेडा, परेवा, हाँस र माछाको बलि चढाइन्छ ।
मनोकामना पूरा भएकाहरूले पञ्चबलि प्रदानसमेत गर्छन् । बोका, खसी, भेडा, परेवा, हाँस र माछाको बलिलाई पञ्चबलि भनिन्छ । ६ बिघा १७ धुर ७ कठा क्षेत्रफल ओगटेको मूल मन्दिरभन्दा पूर्व शिव मन्दिर, हनुमानको मूर्तिहरू छन् ।
- ऐतिहासिक पोखरी
भगवती मन्दिरको अग्रभागमा पाँच सय वर्गफिटको एउटा जलाशय छ, जुन कहिल्यै सुक्दैन । राजविराजका पत्रकार धीरेन्द्र साह भन्छन्, ‘जस्तोसुकै खडेरी आए पनि त्यो पोखरी (जलाशय) सुकेको हामीले सुनेका छैनौँ । जलाशयमा कमल फूल फुल्थ्यो र त्यही कमलको माला गुँथेर देवीलाई समर्पण गरिन्थ्यो । जलाशयमा सुनको बुलाकी लगाएको विशाल कायाको माछा देखिन्थ्यो भन्ने जनविश्वास छ ।’
स्थानीय भक्तजनका अनुसार बयलगाडाका जमानामा व्यापारीहरूले सखडाको बाटो प्रयोग गर्दथे । उनीहरू यस जलाशयको डिलमा थकाइ मार्थे र पोखरीको पवित्र जलले तिर्खा मेटाउँथे । व्यापारी वा बटुवाहरूले खाना पकाउनुपर्यो भने भाँडा–वर्तनका लागि मातासमक्ष बिन्ती गर्नुपथ्र्यो । जलाशयको बिच भागबाट भाँडा–वर्तन पानीमा तैरेर किनारमा आउँथ्यो । भाँडा वर्तनको प्रयोगपछि सफा गरेर पोखरीकै जलमा समर्पण गरिन्थ्यो भनी स्थानीयहरू सुनाउँछन् ।
शक्तिपीठ परिसरमा निर्माणाधीन दश महाविद्या मन्दिरमा काली, तारा, त्रिपुर सुन्दरी, भुवनेश्वरी, त्रिपुर भैरवी, छिन्नमस्ता, धुमावती, बगलामुखी, मातंगी र कमलाको मूर्ति स्थापना गरिने लक्ष्य छ ।
२०१३ मा राजा महेन्द्रले मन्दिरको भ्रमणका क्रममा पोखरी जीर्णोद्धारका लागि एक हजार रुपैयाँ दिएका थिए । पोखरी जीर्णोद्धार गर्दा एउटा सिक्का भेटियो । उक्त सिक्का विर्तवाल हेम कुमार उपाध्यायको घरमा राखियो र पछि काठमाडौँ लगिएको बताइन्छ ।
पीठमा चढाइने बोकाको रगत पोखरीमै मिसिए पनि जलाशयको स्वच्छतामा कुनै कमी आएको छैन । जलाशयको मध्यभागमा स्थापित स्तम्भमाथि कमलदलमा श्रीयन्त्र अङ्कित गरिएको छ, जसले जलाशय र पीठको सौन्दर्य बढाएको छ । जलाशयको चारैतर्फ पक्की तथा व्यवस्थित घाट निर्माण गरी बगैंचा लगाइएको छ । मन्दिर क्षेत्रमा वनभोजस्थल, गाडी पार्किङ्ग, पोखरीमा स्नानघाट निर्माण गरिएको छ ।
शक्तिपीठ परिसरमा निर्माणाधीन दश महाविद्या मन्दिरमा काली, तारा, त्रिपुर सुन्दरी, भुवनेश्वरी, त्रिपुर भैरवी, छिन्नमस्ता, धुमावती, बगलामुखी, मातंगी र कमलाको मूर्ति स्थापना गरिने लक्ष्य छ ।
यस पोखरीको सम्बन्धमा एउटा सुनको सिङ भएको राँगो (दैवी शक्ति सम्पन्न) छ भन्ने विश्वास गरिन्छ । बुढापाकाले आफ्नै आँखाले उक्त विशालकाय राँगो पोखरीबाट निस्केको एवं पसेको देखेको बताएका थिए । कहिलेकाहीँ जुनेली रातमा पोखरीभित्रै पनि उक्त राँगो पौडेको देखिन्छ भने गरिन्छ ।
- पर्यटकको आकर्षण र विकासको आवश्यकता
छिन्नमस्ता भगवती व्यवस्थापन समितिले पर्यटकहरू आकर्षण गर्नसमय–समयमा विभिन्न गतिविधिहरू गरिरहेको हुन्छ । केही वर्ष पहिले नेपालको पूर्वदेखि पश्चिमसम्म र काठमाडौँसम्म रथ यात्रा गरेको थियो । रथ यात्रापछि आन्तरिक पर्यटकको सङ्ख्यामा निकै वृद्धि भएको सप्तरीका पत्रकार यादव बताउँछन् । यहाँ भारतीय पर्यटकको उच्च आकर्षण रहेको छ । कहिलेकाहीँ बङ्गलादेशी पर्यटक पनि आउने गरेका छन् । तेस्रो मुलुकका पर्यटक भित्र्याउनका लागि त्यहीअनुसारप्रचार प्रसारको आवश्यकता देखिन्छ ।
सप्तरीका माओवादी नेता एवं पूर्वमन्त्री उमेश यादव भन्छन्, ‘यहाँ आन्तरिक पर्यटकको कमी छैन, तर आउने पर्यटकलाई यहाँ टिकाउन सकिएको छैन । कम्तीमा यहाँ आउने पर्यटकहरू एक रात यहाँ बसोस्, अनि मात्र यसको विकास सम्भव हुने देखिन्छ ।’
हालसम्म पर्यटकलाई बस्नका लागि यहाँबासको व्यवस्थासमेत गरिएको छैन । मन्दिर वरिपरि होटल अथवा लज पनि छैनन् । यदि कुनै पर्यटक आएर बस्न चाहे १० किलोमिटर टाढा राजविराज सदरमुकाम जानुपर्ने बाध्यता छ । यद्यपि स्थानीय स्तरबाट त्यसका लागि पहल भइरहेको छ ।
पर्यटककोबासका लागि सुविधासम्पन्न धर्मशाला बनाउनुको साथै खानपिनको सुविधा प्रदान गर्नका लागि संरचनाहरू बनाउने काम भएको छ । स्रोत : रातो पाटि