महोत्तरी — “एक डेग अप्पन संस्कृतिके लेल” भन्ने नारासहित सुरु गरिएको सांस्कृतिक पहिरन अभियान अन्तर्गत विभिन्न कार्यक्रमको तालिका सार्वजनिक गरिएको छ।
अभियानका संयोजकहरूको अनुसार, मधेश क्षेत्रको मौलिक पहिचान र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले तयार गरिएको यो कार्यक्रम तालिका अनुसार सम्पूर्ण गतिविधिहरू सम्पन्न गरिने योजना बनाइएको छ।
संयोजकले भने,
> “नमस्कार सम्पूर्णलाई 🙏
आफ्ना सभ्यताका रक्षक बनेर, सांस्कृतिक पहिरन अभियान अन्तर्गत तय गरिएको कार्यक्रम तालिका अनुसार सहभागी भई यो ऐतिहासिक अभियानलाई सफल बनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं।”
अभियानमा पुरुषहरूले धोती–कुर्ता, महिलाहरूले सीधा सारी पहिरने परम्परागत पहिरनमार्फत सहभागिता जनाउने छन्। आयोजकहरूका अनुसार यस पहलले स्थानीय स्तरमा संस्कृति, एकता र पहिचानको पुनर्जीवन ल्याउने अपेक्षा गरिएको छ।
अभियानका अन्तर्गतका कार्यक्रमहरू क्रमशः विभिन्न गाउँ, विद्यालय र छठी घाटमा आयोजना गरिने छन्, जसमा पत्रकार, कलाकार, विद्यार्थी, समाजसेवी र स्थानीय नागरिकहरूको सक्रिय सहभागिता रहनेछ।




