Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

महोत्तरीमा दुर्घटना पीडितले अवरुद्ध गरेको राजमार्ग पुनः सञ्चालनमा

२६ आश्विन २०८२, आईतवार २०:५३

महोत्तरी। बर्दिवास नगरपालिका-१० खयरमारामा असोज १७ गते भएको सवारी दुर्घटनामा घाइतेहरूको उपचार खर्च बीपी यातायातले व्यहोर्न अस्वीकार गरेपछि पीडित पक्षले आइतवार बिहानदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका थिए।

इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार, प्रहरीको मध्यस्थतामा भएको छलफलपछि आइतवार दिउँसो ४ बजे राजमार्ग पुनः सञ्चालनमा आएको हो। प्रारम्भिक वार्तापछि पीडित पक्ष र बस व्यवसायीबीच सोमबार बिहान ११ बजे त्रिपक्षीय बैठक बस्ने सहमति भएपछि यातायात आवागमन सुचारु गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार हुने उक्त बैठकमा बस साउ, बस व्यवसायी संघ र पीडित परिवारबीच लिखित सहमति गरिनेछ। आइतवारको छलफलमा बर्दिवास नगरपालिका-१० का वडा अध्यक्ष प्रमोद कुमार मोक्तान, वडा नं. ११ का अध्यक्ष पूर्णबहादुर बल, ईश्वरपुर नगरपालिका-१२ का वडा अध्यक्ष देवबहादुर खत्री, पीडित परिवार र स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।

सहमति पश्चात् हाल पूर्व-पश्चिम राजमार्ग हुँदै बीपी राजमार्गमार्ग भएर काठमाडौं तथा अन्य गन्तव्यतर्फ सवारीसाधनहरूको नियमित आवागमन सुरु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.