Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

भेरी नगरपालिकाको सडक ठेक्का घोटाला: ठेकेदार र कर्मचारीमाथि भ्रष्टाचार मुद्दा

२७ आश्विन २०८२, सोमबार २१:१०

काठमाडौं, असोज २७ गते ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोट भेरी नगरपालिकाको सडक निर्माण ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले भेरी नगरपालिकाको कारागार रानागाउँ नेटबजार सडक निर्माणआयोजना सम्बन्धी ठेक्कामा अनियमिता भएको ठहर गर्दै सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

झण्डै २ करोड ८० लाख रुपैयाँ लागतको उक्त आयोजनामा बोलपत्र प्रक्रिया पारदर्शीता नदेखिएको र निश्चित ठेकेदारलाई लाभ हुने गरी ठेक्का दिइएको देखिएको अख्तियारको ठहर छ ।

२०८० साल फागुन २० गते ‘थापा/सविन/सुदर्शन जे.बी.’ सँग २ करोड ६९ लाख ५५ हजार २३३ रुपैयाँ ९० पैसा (भ्याट र एक् सहित) रुपैयाँमा नगरपालिकाले ठेक्का सम्झौता गरेको थियो ।

तर, उक्त संयुक्त ठेकेदार कम्पनीले आवश्यक औसत वार्षिक कारोबार ७० प्रतिशत नपुगेको र साइट भिजिट प्रमाणपत्र समेत नदिएको अवस्थामा पनि योग्य घोषित गरी ठेक्का दिइएको पाइएको अख्तियारले जनाएको छ ।

आयोगले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ का प्रावधान उल्लघंन गरी ठेक्का प्रक्रिया हेरफेर गरेको अभियोगमा भेरी नगरपालिकाका तत्कालीन र हाल कार्यरत सात जना कर्मचारी तथा ठेकेदार कम्पनीका प्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आरापितहरूमा भेरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इञ्जिनियर मोहन मल्ल, विकास अधिकृत अनिस शाह, कानुन अधिकृत प्रकाश कुमार शाही, लेखापाल राजेन्द्र बहादुर कठायत, नायब सुब्बा कृति बहादुर थापा, ठेकेदार कम्पनी थापा/सविन/सुदर्शन जेभीका प्रतिनिधि तथा सेवा प्रालिका प्रोप्राइटर दिपक बहादुर खत्री रहेका छन् ।

उनीहरूमाथि समान ८१ लाख ५३ हजार ६३० रुपैयाँ ५१ पैसा बिगो कायम गरी मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

आयोगले दायर गरेको आरोपपत्रमा सबै प्रतिवादीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र जरिवानाको माग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

लेखा अधिकृतसहित पाँच जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.