महोत्तरी, असोज २७ गते । महोत्तरीको बर्दिवास नगरपालिकाले आफ्ना दुई सदस्यहरूको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नगर कार्यपालिका सदस्य तिर्थबहादुर अछामे र नगरपालिकाका कर्मचारी श्याम महतोको निधनपछि नगर कार्यपालिकाको असोज २४ गतेको बैठकले असोज २८ गते मंगलबारका लागि शोक बिदा दिने निर्णय गरेको हो ।
उक्त दिन नगर कार्यपालिकाको कार्यालय, मातहतका सबै शाखा तथा नगरभित्रका शैक्षिक संस्थाहरू बन्द रहने जनाइएको छ ।
नगरपालिकाले दुबै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।






You must be logged in to post a comment.