Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

विपिन जोशीको शव हस्तान्तरण

२८ आश्विन २०८२, मंगलवार ०६:३९

काठमाडौँ, असोज २८ गते । हमासको कब्जामा रहनुभएका नेपाली विद्यार्थी विपिन जोशीको शव सोमबार इजरायललाई हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले हमासलाई उद्धृत गर्दै सार्वजनिक गरेको समाचार अनुसार इजरायललाई हस्तान्तरण गरिएका चार जनाको शवमध्ये विपिन जोशीको नाम पनि समावेश भएको छ ।

हमासले बन्धक बनाएका २० जना जीवित इजरायलीलाई मुक्त गर्दै सोमबार अन्तर्राष्ट्रिय रेडक्रसमार्फत इजरायल सरकारलाई हस्तान्तरण गरेको थियो । हमास समूहले त्यसपछि मात्र बाँकी २८ जनाको शव हस्तान्तरण गरिने जनाउँदै आएको थियो । हमासले सोमबार नेपालका विपिन जोशीलगायत गाइ इलौज, यासी सारबी र डानिल पिरेजको शव हस्तान्तरण गरेको बिबिसीले उल्लेख गरेको छ । सन् २०२३ अक्टोबर ७ का दिन इजरायलको दक्षिण क्षेत्रमा पर्ने किबुज एलुमिममा हमासको आक्रमणपछि बन्दी बनाइएका २३ वर्षीय विपिन जोशी त्यहाँ आक्रमण हुनुभन्दा करिब एक

महिनाअघि मात्र सिक र कमाउ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययन गर्न त्यहाँ पुग्नुभएको थियो । यसअघि इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डितले विपिन जीवित रहेको प्रमाण फेला नपरेको जानकारी इजरायली सुरक्षा निकायले आफूहरू र विपिनका परिवारका सदस्यलाई गराएको बताउनुभएको थियो ।

२०८० भदौ अन्तिम साता विपिनसहित ४९ जना विद्यार्थी इजरायल पुगेका थिए । हमास समूहले २०२३ अक्टोबर ७ मा इजरायलमा गरेको आक्रमणमा परेर १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए भने छ जना घाइते भएका थिए । सँगै रहेका घाइते साथीलाई जोगाउन लाग्नुभएका विपिनलाई भने हमासले बन्दी बनाएर लगेको भिडियो फुटेजमा देखिएको थियो ।

विपिनको जन्म २०५७ मा बैतडीको तत्कालीन विजयपुर गाविस (हालको पुर्चौडी नगरपालिका–१०) मा भएको थियो । उहाँ बुबा महानन्द जोशी र आमा पद्माका एक मात्र छोरा हुनुहुन्थ्यो ।

विगत दुई वर्षदेखि चल्दै आएको इजरायल र हमासबिचको युद्ध रोकिएपछि हमासले बन्धक बनाइएर राखेका ४८ जनामध्ये २० जना जीवितलाई सोमबार रिहा गरेको छ । हमासले दुई चरणमा अन्तर्राष्ट्रिय रेडक्रसलाई २० जना जीवित बन्धक जिम्मा लगाएको हो । उनीहरूलाई इजरायली सरकारले आफ्नो भूमिमा स्वागत गरेर आवश्यकीय औधषोपचारको व्यवस्था गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् । यो युद्धविरामका लागि विशेष भूमिका निर्वाह गर्नुभएका अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रप स्वयं इजरायल पुगेर बन्धक बनाइएकाहरूको परिवारसँग भेट गर्नुभएको थियो । उहाँको यस्तो पहलकदमीले मध्यपूर्वमा शान्ति कायम हुने अपेक्षा गरिएको छ । – गोरखापत्र

 

प्रतिक्रिया

सम्बन्धित समाचार

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

गौशाला बहु सांस्कृतिक कला केन्द्रद्वारा समा–चकेवा प्रतियोगिता आयोजना

मोहम्मद अफताब आलम अस्वस्थ, भेन्टिलेटरमा राखेर उपचार हुँदै

ताजा अपडेट

  • महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

  • Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

  • गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

  • नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

  • मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

  • जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

© 2025: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.