Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

२३ लाख ८० हजार किसान सूचीकृत

२८ आश्विन २०८२, मंगलवार ०७:०८

काठमाडौँ, असोज २८ गते । किसान सूचीकरण कार्यक्रमअन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत भएका छन्।

अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले उक्त कार्यक्रम ल्याएको हो। राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारीसहित किसानलाई सूचीकृत गर्न थालिएको कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ।

किसानलाई सूचीकृत गरी उनीहरूको आम्दानीको अवस्था हेरेर चार प्रकारमा वर्गीकरण गरिने केन्द्रका अधिकृत सञ्जिव पण्डितले जानकारी दिए। उनका अनुसार निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान पहिचान गरी परिचयपत्र वितरण गरिनेछ।

विद्युतीय सूचना प्रणालीमा किसान जोडिएपछि रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधा उपलब्ध गराउन सहज हुनेछ। ‘विसं २०७८ को जनगणनाअनुसार करिब ४१ लाख किसानको गणना गरिएकाले केन्द्रले पनि उहाँहरूलाई समेट्ने योजना बनाएको हो। कार्यक्रम सम्पन्न हुने समयसम्म यो सङ्ख्या केही घटबढ हुन सक्छ,’ उनले भने।

कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अधिकृत पण्डितका अनुसार उक्त कार्यक्रममा देशभर स्थानीय तहमार्फत किसानका सूचना सङ्कलन गरिएको हो। किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहित एकीकृत तथ्याङ्क सङ्कलन भइरहेको उनले जानकारी दिए।

उनले विसं २०७७ फागुनमा मन्त्रिस्तरीय बैठकबाट सुरु भएको यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानहरूलाई आग्रह गरे। किसानको पहिचान नभएसम्म उनीहरूले राज्यबाट दिने अनुदान र सेवासुविधा पाउन नसक्ने भएकाले आफ्नो नाम दर्ता गराउन किसानलाई अनुरोध गरिएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.