Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

टी–२० विश्वकप छनोट: नेपालसँग ओमान पराजित

३० आश्विन २०८२, बिहीबार ०६:०७

काठमाडौँ, असोज ३० गते । आइसीसी टी–२० विश्वकप एसिया तथा इष्ट एसिया पेसिफिक छनोटमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको छ । ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा बुधबार सम्पन्न खेलमा नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर ११३ रन बनायो ।

ओमानका लागि विनायक शुम्लाले १९ बलमा सर्वाधिक ३२ रन बनाए । यस्तै, मोहम्मद नदीमले २५ रन बनाए । नेपालका लागि गुल्शन झाले तीन विकेट लिँदा नन्दन यादव र सोमपाल कामीले समान दुई÷दुई विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिए ।

त्यसअघि घरेलु टोलीविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ६९ रनको योगदान दिए । आसिफ शेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रनको योगदान गरे । गुल्शन झाले दुई छक्कासहित १८ रन जोडे भने आदिल आलमले १६ रन बनाए ।

ओमानका लागि नदीम खानले चार विकेट लिए भने शुफिया मेहमुद र जितेन रामानन्दीले समान दुई/दुई विकेट लिए ।

यसअघि नै टी–२० विश्वकपमा स्थान बनाइसकेको नेपाल आठ अङ्क बटुल्दै उपाधि नजिक पुगेको छ । नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको ओमानको छ अङ्क छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

१७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

ताजा अपडेट

  • १७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

  • झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

  • जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

  • नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

  • जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.