Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

यातायात विभागको सेवामा सकस

३० आश्विन २०८२, बिहीबार ०६:१४

काठमाडौँ, असोज ३० गते । यातायात व्यवस्था विभागले तिहारपछि मात्र सेवा नियमित सञ्चालन गर्ने भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनी गरिँदा सबै सेवा ठप्प भएको यातायात व्यवस्था विभागले तिहारपछि सेवा नियमित सञ्चालन गर्ने भएको छ । पुरानो पार्किङ, खुला स्थलबाट सेवा सुरु गरेको विभागले तिहारपछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र नयाँ आवेदन खुला गर्ने तयारी गरेको हो ।

अनलाइनमा भएका डाटाबाहेक केही पनि बाँकी नरहेकाले सेवा सञ्चालन गर्न ढिला भएको विभागका महानिर्देशक राजीव पोखरेलले बताउनुभयो । “लाइसेन्स प्रिन्टरदेखि कुनै पनि भौतिक सामान बाँकी रहेनन्,” उहाँले भन्नुभयो, “तिहारपछि नवीकरण र नयाँ लाइसेन्सको प्रक्रिया सुरु गर्छौं । त्यसका लागि पुरानो डाटा हेर्नुका साथै प्रिन्टरदेखिका सबै सामान जोहो गरिरहेका छौँ ।” लाइसेन्स छपाइ भने तत्काल सुरु नहुने विभागले जनाएको छ ।

छपाइ कार्ड र प्रिन्टरको नयाँ खरिद प्रक्रियामा जानुपर्ने भएकाले तिहारपछि कम्तीमा तीन महिना लाग्ने बताइएको छ । महानिर्देशक पोखरेलले भन्नुभयो, “प्रिन्टर व्यवस्थापन गर्न सबै नयाँ प्रक्रियामा जानु पर्छ । तिहारपछि तीन महिना थप लाग्छ ।” तत्कालका लागि अत्यावश्यक सेवा प्रवाह गर्न विभागले एनआरएनएसँग प्रिन्टर सहयोग मागेको विभागले जनाएको छ ।

अनलाइन सेवा सञ्चालन गर्न पनि नयाँ प्रक्रियामा जानुपर्ने विभागको भनाइ छ । मेसिन र कम्प्युटर नष्ट भएकाले सबै सामान जोहो गर्नुपर्ने विभागका सूचना अधिकारीण् गणेशमानसिं राईले जानकारी दिनुभयो । विभागको डाटा भण्डारणमा पनि क्षति भएको छ तर अधिकांश डाटा भने सुरक्षित रहेको राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आन्दोलन हुनुभन्दा केही दिनअघिसम्मको डेटा म्यानुअल्ली ब्याकअप गरेर राखिएको थियो । त्यसो भएको हुनाले डाटा छ भन्नेमै छौँ ।” आगलागीबाट लाइसेन्स वितरण, दर्ता र नवीकरण प्रणालीमा ठुलो क्षति भएको छ । विभागका अनुसार प्रारम्भिक क्षति करिब चार अर्ब रुपियाँबराबर भएको अनुमान छ ।

सबैभन्दा धेरै क्षति इम्बोस्ड नम्बर प्लेटमा भएको बताउँदै राईले भन्नुभयो, “इम्बोस्ड नम्बर प्लेटको प्लान्ट र झन्डै आठ लाख प्लेट नष्ट भएका छन् ।” जलेर पूर्ण नष्ट भएको विभागको भवन मर्मतका लागि पनि विभिन्न सङ्घ संस्थाको सहयोग लिइएको छ । मर्मतका लागि नेपाल ट्रक व्यवसायी महासङ्घ र नेपाल अटो मोबायल्स इम्पोर्ट्सले सहयोग गरेका छन् । रङरोगनका लागि सिप्रदी ट्रेडिङले सहयोग गर्ने भएको छ । -गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित समाचार

१७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

ताजा अपडेट

  • १७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

  • झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

  • जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

  • नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

  • जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.