Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

यातायात विभागको सेवामा सकस

३० आश्विन २०८२, बिहीबार ०६:१४

काठमाडौँ, असोज ३० गते । यातायात व्यवस्था विभागले तिहारपछि मात्र सेवा नियमित सञ्चालन गर्ने भएको छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा आगजनी गरिँदा सबै सेवा ठप्प भएको यातायात व्यवस्था विभागले तिहारपछि सेवा नियमित सञ्चालन गर्ने भएको छ । पुरानो पार्किङ, खुला स्थलबाट सेवा सुरु गरेको विभागले तिहारपछि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण र नयाँ आवेदन खुला गर्ने तयारी गरेको हो ।

अनलाइनमा भएका डाटाबाहेक केही पनि बाँकी नरहेकाले सेवा सञ्चालन गर्न ढिला भएको विभागका महानिर्देशक राजीव पोखरेलले बताउनुभयो । “लाइसेन्स प्रिन्टरदेखि कुनै पनि भौतिक सामान बाँकी रहेनन्,” उहाँले भन्नुभयो, “तिहारपछि नवीकरण र नयाँ लाइसेन्सको प्रक्रिया सुरु गर्छौं । त्यसका लागि पुरानो डाटा हेर्नुका साथै प्रिन्टरदेखिका सबै सामान जोहो गरिरहेका छौँ ।” लाइसेन्स छपाइ भने तत्काल सुरु नहुने विभागले जनाएको छ ।

छपाइ कार्ड र प्रिन्टरको नयाँ खरिद प्रक्रियामा जानुपर्ने भएकाले तिहारपछि कम्तीमा तीन महिना लाग्ने बताइएको छ । महानिर्देशक पोखरेलले भन्नुभयो, “प्रिन्टर व्यवस्थापन गर्न सबै नयाँ प्रक्रियामा जानु पर्छ । तिहारपछि तीन महिना थप लाग्छ ।” तत्कालका लागि अत्यावश्यक सेवा प्रवाह गर्न विभागले एनआरएनएसँग प्रिन्टर सहयोग मागेको विभागले जनाएको छ ।

अनलाइन सेवा सञ्चालन गर्न पनि नयाँ प्रक्रियामा जानुपर्ने विभागको भनाइ छ । मेसिन र कम्प्युटर नष्ट भएकाले सबै सामान जोहो गर्नुपर्ने विभागका सूचना अधिकारीण् गणेशमानसिं राईले जानकारी दिनुभयो । विभागको डाटा भण्डारणमा पनि क्षति भएको छ तर अधिकांश डाटा भने सुरक्षित रहेको राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आन्दोलन हुनुभन्दा केही दिनअघिसम्मको डेटा म्यानुअल्ली ब्याकअप गरेर राखिएको थियो । त्यसो भएको हुनाले डाटा छ भन्नेमै छौँ ।” आगलागीबाट लाइसेन्स वितरण, दर्ता र नवीकरण प्रणालीमा ठुलो क्षति भएको छ । विभागका अनुसार प्रारम्भिक क्षति करिब चार अर्ब रुपियाँबराबर भएको अनुमान छ ।

सबैभन्दा धेरै क्षति इम्बोस्ड नम्बर प्लेटमा भएको बताउँदै राईले भन्नुभयो, “इम्बोस्ड नम्बर प्लेटको प्लान्ट र झन्डै आठ लाख प्लेट नष्ट भएका छन् ।” जलेर पूर्ण नष्ट भएको विभागको भवन मर्मतका लागि पनि विभिन्न सङ्घ संस्थाको सहयोग लिइएको छ । मर्मतका लागि नेपाल ट्रक व्यवसायी महासङ्घ र नेपाल अटो मोबायल्स इम्पोर्ट्सले सहयोग गरेका छन् । रङरोगनका लागि सिप्रदी ट्रेडिङले सहयोग गर्ने भएको छ । -गोरखापत्र

प्रतिक्रिया

सम्बन्धित समाचार

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

ताजा अपडेट

  • महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

  • Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

  • गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

  • नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

  • मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

  • जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

© 2025: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.