• होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

जनता माध्यमिक विद्यालय डाडाटोलमा नयाँ व्यवस्थापन समिति गठनका लागि प्रक्रिया सुरु

२ कार्तिक २०८२, शनिबार ०७:३९

बर्दिबास , कात्तिक १ गते । महोत्तरीको बर्दिबास नगरपालिका–१३ स्थित जनता माध्यमिक विद्यालय डाँडाटोल बिजलपुराले विद्यालय व्यवस्थापन समिति गठन गर्न प्रक्रिया अघि बढाएको छ। त्यसका लागि आउँदो कार्तिक १४ गते अभिभावक भेला बोलाइएको प्रधानाध्यापक हरिदेव महतोले बताए ।

विद्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विद्यालय व्यवस्थापन समितिको म्याद २०८२ साल असोज ३० गते समाप्त भएको हुँदा नयाँ समिति गठन प्रक्रिया सहजीकरण गर्नका लागि अभिभावक, शिक्षाप्रेमी, चन्दादाता, समाजसेवी, नागरिक समाज, बुद्धिजीवी र सरोकारवाला व्यक्तिहरूलाई कार्तिक १४ गते बिहान ११ बजे विधालयमा उपस्थित भइदिनु हुन अनुरोध गरिन्छ।”विद्यालयको शैक्षिक स्तर सुधारका लागि यस अघि ‘बिजलपुरा रूपान्तरण अभियान’ले विद्यालय प्रशासन, वडा कार्यालय र नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै सुधारका ठोस कदम चाल्न सात दिने अल्टिमेटम दिएका थिए ।

अभियानका संयोजक राज करण महतोका अनुसार, विद्यालयको समग्र सुधारका लागि गत असोज १२ गते स्थानीय बासिन्दाको भेलाबाट १३ बुँदे मागपत्र पारित गरिएको थियो। सात दिनभित्र सुधार प्रक्रिया सुरु नभए चरणबद्ध दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने चेतावनीसमेत अभियानले दिएको थियो।

यससँगै विद्यालयले विज्ञप्तिमार्फत नयाँ समिति गठनका लागि तयारी थालेपछि शिक्षामा सुधार आउने स्थानीयलेअपेक्षा गरेका छन्।

बर्दिबास नगरपालिका -१३ स्थित श्री जनता माध्यमिक विद्यालय डाँडाटोल बिजलपुराको शैक्षिक सुधारका लागि ‘बिजलपुरा रूपान्तरण अभियान’ले विद्यालय प्रशासन र स्थानीय निकायलाई १३ बुँदे मागसहित ७ दिने चेतावनीपत्र बुझाएको छ।

विद्यालयको शैक्षिक स्तर लगातार कमजोर हुँदै गएको भन्दै स्थानीय बासिन्दा तथा अभियानकर्मीहरूले बर्दिबास नगरपालिका–१३ का वडा अध्यक्ष लक्ष्मण सिंह, विद्यालयका प्रधानाध्यापक हरिदेव महतो, र नगर प्रमुख प्रल्लाद कुमार क्षेत्रीलाई छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका हुन्।

अभियान संयोजक राज करण महतोका अनुसार विद्यालयको समग्र सुधारका लागि गत असोज १२ गते स्थानीय बासिन्दाको भेलाबाट १३ बुँदे मागपत्र पारित गरिएको थियो। उनले भने, “हामीले विद्यालय सुधारका लागि सुझाबसहितको मागपत्र बुझाएका छौं। सात दिनभित्र प्रक्रिया सुरु नभएमा चरणबद्ध दबाबमूलक कार्यक्रम गर्न बाध्य हुनेछौं।”

मागपत्रमा विज्ञसहितको विद्यालय व्यवस्थापन समिति गठन, शिक्षण–सिकाइ प्रक्रियाको अनुगमन, बाल क्लब र पूर्वविद्यार्थी मञ्चको सक्रियता, अक्षय कोष स्थापनाद्वारा छात्रवृत्ति वितरण, अभिभावक बैठकको नियमितता, र विद्यालय सुधारका लागि सर्वपक्षीय योजना निर्माणलगायतका बुँदा समावेश छन्।

स्थानीयले विद्यालयको निरन्तर गिरावटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै समयमै सुधारका कदम चाल्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

Пошаговая инструкция: чтобы скачать казино Пинап, зайдите на сайт

How to mostbet yüklə and access exclusive bonuses

Forskelle mellem kasino online og landbaserede kasinoer

Zanurzenie w doświadczenie w grze z krupierem na żywo w Vox Casino

Elements that Define the Best Online Casino in Canada Real Money

Mostbet App APK: Revoluce pro Sázkaře

ताजा अपडेट

  • Пошаговая инструкция: чтобы скачать казино Пинап, зайдите на сайт

  • How to mostbet yüklə and access exclusive bonuses

  • Forskelle mellem kasino online og landbaserede kasinoer

  • Zanurzenie w doświadczenie w grze z krupierem na żywo w Vox Casino

  • Elements that Define the Best Online Casino in Canada Real Money

  • Mostbet App APK: Revoluce pro Sázkaře

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.