Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

गौशाला नगर प्रमुख डा. महतोको आग्रह : “दीपावलीमा खुशीसँगै सतर्कता पनि अपनाऔं”

४ कार्तिक २०८२, सोमबार ११:१२

बिबेक कुमार महतो,
महोत्तरी |
महोत्तरीको गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले दीपावलीको पावन अवसरमा सम्पूर्ण नगरवासी, देश तथा विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिँदै पर्वलाई सुरक्षित र जिम्मेवार ढंगले मनाउन आग्रह गर्नुभएको छ।

उहाँले दीपावलीका बेला पटाका पड्काउँदा, दियो वा मैनबत्ती बाल्दा तथा झिलिमिली बत्ती जडान गर्दा विशेष सतर्कता अपनाउन अनुरोध गर्नुभयो। “हरेक वर्ष दीपावलीको समयमा कतै न कतै दुर्घटना हुने गरेको पाइन्छ, त्यसैले पटाका पड्काउँदा सुरक्षित दूरीमा रहनुहोस् र बालबालिकालाई निगरानीमा राख्नुहोस्,” उहाँले भन्नुभयो।

नगर प्रमुख महतोले आगो लाग्ने सम्भावना हुने पर्दा वा कपडाको नजिक दियो वा मैनबत्ती नराख्न र विद्युतीय झिलिमिली बत्ती जडान गर्दा पनि सावधानी अपनाउन नगरवासीलाई आग्रह गर्नुभएको छ। उहाँका अनुसार, लापरवाहीका कारण बालबालिका र घरपरिवारलाई क्षति पुग्ने घटना विगतमा देखिएको छ, त्यसैले यस वर्ष सतर्कता आवश्यक छ।

यदि कुनै दुर्घटना वा आकस्मिक अवस्था सिर्जना भएमा तुरुन्तै गौशाला नगर प्रहरी प्रमुख टेकबहादुर लामा ९८५४०३४६१५ वा वारुण यन्त्र इन्चार्ज रामपुकार महतो ९८६४०८४३६७ तथा वारुण यन्त्र चालक ९८४४३३०३३१ लाई सम्पर्क गर्न सकिने जनाइएको छ।
नगर प्रमुख महतोले अन्त्यमा सबै नगरवासीलाई “सुरक्षित, उज्यालो र हर्षोल्लासपूर्ण दीपावलीका लागि हार्दिक शुभकामना” व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

१७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

ताजा अपडेट

  • १७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

  • झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

  • जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

  • नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

  • जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.