• होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

मधेशमा सुरु भयो समाचकेवा, दिदी–भाइको प्रेमको उत्सव

१० कार्तिक २०८२, आईतवार ०७:०५

काठमाडौं। दाजुभाइ तथा दिदीबहिनीबीचको अमिट प्रेमको प्रतीक मानिने समाचकेवा पर्व सुरु भएको छ। भाइटीकाको दिनदेखि पूर्वी तराईका थारू बस्तीहरूमा घर-घर, टोल-टोल र गाउँ-गाउँमा यस पर्वको उत्साहपूर्ण सुरुवात भएको हो।

थारू संस्कृतिविद् भुलाई चौधरीका अनुसार समाचकेवा पर्व १५ दिनसम्म चल्ने गर्दछ। कात्तिक पूर्णिमाको दिन विधिपूर्वक पूजा-पाठ तथा बिसर्जन गर्दै पर्वको समापन गरिन्छ। उनका अनुसार समाचकेवा केवल खेल वा संस्कृति मात्र नभई थारू समाजको इतिहास, सभ्यता र पहिचान बोकेको मौलिक गाथा हो।

उनले भने, “समाचकेवा दिदी-भाइको प्रेम, बिछोड र वियोगको कथा हो। यो कुनै मिथक होइन, गर्भा राजा र किसनभूषण सेनको यथार्थ घटना हो। त्यतिबेला दरबारमा परेको चुगलिखोरी र त्यसको कारण छोरीलाई दिइएको वनबासको दर्दनाक प्रसंग यसमा समेटिएको छ।”

चौधरीका अनुसार समाचकेवा पर्वमा दिदीबहिनीहरू माइतीमा आएका हुन्छन्। उनीहरू हरेक साँझ दाजुभाइको दीर्घायू र सुस्वास्थ्यको कामना गर्दै गीत गाउँदै ‘समा’ खेल्ने गर्छन्। एक महिनापछि मात्र उनीहरू आफ्नो घर फर्कने प्रचलन छ।

समाचकेवाको कथा र प्रतीक

थारू मौखिक इतिहासअनुसार करिब दुई हजार वर्षअघि गरभा नामक राजाले छोरी समालाई दरबारमा गरिएको चुगलिखोरीका कारण वनवास पठाए। पछि सातै भाइले बहिनीलाई लिन जंगल पुगे पनि समा चरा (समाचकेवा) को रूप धारण गरिसकेकी थिइन्। भाइहरूलाई भेटेर पनि नआएकी समासँगको वियोगान्त प्रेमको स्मृति स्वरूप यो पर्व मनाइन्छ।

यस पर्वमा समा, बिरदाबोनी, चुगला, हात्ती (मौहौतिया), मालिन, कुकुर, तितिर, नटुवा, जस्ता पात्रहरू प्रतीकात्मक रूपमा खेलाइन्छन्। चुगला पात्र दरबारमा चुगलिखोरी गर्ने मानिन्छ, त्यसैले पर्वका दिनहरूमा दिदीबहिनीहरूले ‘चुगला’को जुँगा डढाउने परम्परा छ, जसले कुराकानीले सम्बन्ध बिर्साउने प्रवृत्तिको विरोध जनाउँछ।

समापन तथा सखी–मित सम्बन्धको परम्परा

पूर्णिमाको भोलिपल्ट दिदीबहिनीहरूले समाचकेवाको प्रतिमालाई दही–चिउरा तथा मिष्ठान्न खुवाई नजिकैको दह, पोखरी वा नदीमा बिसर्जन गर्छन्।

यस अवसरमा दिदीबहिनीबीच सखी/बैहैनपा तथा दाजुभाइबीच मित/भाइजी लगाउने परम्परा पनि रहिआएको छ। यसले समाजमा सद्भाव, सहकार्य र सहिष्णुता कायम हुन मद्दत पुर्‍याउने विश्वास गरिन्छ।

चौधरी भन्छन्,-“तराईमा प्रारम्भिक बस्ती थारूहरुकै थियो। पछि उनीहरूसँगै बस्न आएका समुदायहरूले पनि थारू संस्कृति सम्मानपूर्वक ग्रहण गरे। चौठीचान, जितिया र समाचकेवा त्यसको ज्वलन्त उदाहरण हुन्।”

प्रतिक्रिया

सम्बन्धित समाचार

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

ताजा अपडेट

  • विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.