Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

लोकसेवा, शिक्षा र कृषि विषयमा बटेश्वरमा गहिरो मन्थन

१० कार्तिक २०८२, आईतवार १७:४०

अरुणकुमार साह
धनुषा —
धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित बटेश्वर बजारमा बटेश्वर युवा सञ्जालको आयोजनामा रगत परीक्षण, रगतदान तथा गाउँबारे मन्थन कार्यक्रम सम्पन्न भएको छ ।

सरोज कुमार महतो संयोजक रहेको बटेश्वर युवा सञ्जाल विगत सात वर्षदेखि निरन्तर रुपमा सामाजिक र शैक्षिक चेतना अभिवृद्धिका कार्यक्रम गर्दै आएको र यस वर्ष पनि तिहार पर्वको अवसरमा गाउँ फर्किएका युवाहरु, विदेश र सरकारी सेवामा कार्यरत व्यक्तिहरुलाई एक ठाउँमा जुटाउँदै सामूहिक संवाद तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

तीनवटा संसकरणमा गाउँपालिकामा लोकसेवामा वटेश्वरका युवाका अवसर, चुनौती र सम्भावना, कृषिको अवस्था, शिक्षाको अवस्थाको बारेमा सामूहिक छलफल भएको थियो ।

पहिलो संस्करणमा लोकसेवामा वटेश्वरका युवाका अवसर, चुनौती र सम्भावना विषयमा सहजकर्ताको रूपमा शिक्षक दीपेन्द्र सिंहले संचालन गरेका थिए । जसमा वक्ताको रुपमा नेपाल सरकारका सहसचिव रामप्रकाश महतो, अधिकृत यमन सुन्दर श्रेष्ठ र खरिदार सुरेश साह रहेका थिए ।

दोस्रो संस्करणमा बटेश्वरको शिक्षाको अवस्था र चुनौती विषयमा केन्द्रित छलफल सहजकर्ता हरिनारायण दासले संचालन गरेका थिए । जसमा वक्ताहरुको रुपमा जनता मावि गौरीडाडाका प्रधानाध्यापक रामसकल महतो, बटेश्वर गाउँपालिकाका शिक्षा अधिकृत राम लाल महतो, समाजसेवी प्रकाश निरौला, देवकी नमुना विद्यालयकी प्रअ लक्ष्मी महतो सहभागी थिइन् ।

तेस्रो संस्करणमा वटेश्वरमा किसानको चुनौती, अवसर र आर्थिक सम्भाना सहजकर्ता उदय ठाकुर (कृषि इञ्जिनियर )ले संचालन गरेका थिए । जसमा वक्ताहरुको रुपमा वडा नम्बर ५ का वडाध्यक्ष समेत रहेका माछापालक कृषक शिव करण यादव, रेखा कुमारी महतो (कृषक तथा महिला नेतृ), गणेश साह (कृषि फर्म सञ्चालक तथा समाजसेवी) , सत्रुधन महतो (कृषि विद्यार्थी), थिए ।

उक्त कार्यकममा रगतको महत्त्व बुझ्दै रगतको अभावमा झेल्नु परेको व्यक्ति रगतको रगत दान गर्नु भयो । रगत दान गर्नेको संख्या ४८ र रगत समुह परीक्षण गर्नेको संख्या ७५ थियो ।

उक्त कार्यक्रममा पत्रकार शैलेन्द्र महतो क्रान्ति, सञ्चारकर्मी एवं मगही भाषा अभियानी फुलगेन मगही, युवा राजनीतिकर्मी अजय कुमार राउत लगायतले समग्र बटेश्वरको समसमायिक विषयमाथि प्रकाश पार्दै मन्तव्य राखेका थिए ।

स्थानीय समेत रहेका पत्रकार शैलेन्द्र महतो क्रान्तिले गाउँपालिका कार्यालयको दुई कार्यकालको समिक्षात्मक धारणा राखेका थिए । यस्तै फुलगेन मगहीले गाउँपालिकामा संस्कृतिको अवस्थाका बारे, युवा नेता अजय कुमार राउतले बटेश्वरको विकासको अवस्थाबारेमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको संचालन युवा संजालका प्रतिनिधि जयकृष्ण महतोले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

ताजा अपडेट

  • महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

  • Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

  • गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

  • नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

  • मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

  • जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

© 2025: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.