Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

लोकसेवा, शिक्षा र कृषि विषयमा बटेश्वरमा गहिरो मन्थन

१० कार्तिक २०८२, आईतवार १७:४०

अरुणकुमार साह
धनुषा —
धनुषाको बटेश्वर गाउँपालिका–४ स्थित बटेश्वर बजारमा बटेश्वर युवा सञ्जालको आयोजनामा रगत परीक्षण, रगतदान तथा गाउँबारे मन्थन कार्यक्रम सम्पन्न भएको छ ।

सरोज कुमार महतो संयोजक रहेको बटेश्वर युवा सञ्जाल विगत सात वर्षदेखि निरन्तर रुपमा सामाजिक र शैक्षिक चेतना अभिवृद्धिका कार्यक्रम गर्दै आएको र यस वर्ष पनि तिहार पर्वको अवसरमा गाउँ फर्किएका युवाहरु, विदेश र सरकारी सेवामा कार्यरत व्यक्तिहरुलाई एक ठाउँमा जुटाउँदै सामूहिक संवाद तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

तीनवटा संसकरणमा गाउँपालिकामा लोकसेवामा वटेश्वरका युवाका अवसर, चुनौती र सम्भावना, कृषिको अवस्था, शिक्षाको अवस्थाको बारेमा सामूहिक छलफल भएको थियो ।

पहिलो संस्करणमा लोकसेवामा वटेश्वरका युवाका अवसर, चुनौती र सम्भावना विषयमा सहजकर्ताको रूपमा शिक्षक दीपेन्द्र सिंहले संचालन गरेका थिए । जसमा वक्ताको रुपमा नेपाल सरकारका सहसचिव रामप्रकाश महतो, अधिकृत यमन सुन्दर श्रेष्ठ र खरिदार सुरेश साह रहेका थिए ।

दोस्रो संस्करणमा बटेश्वरको शिक्षाको अवस्था र चुनौती विषयमा केन्द्रित छलफल सहजकर्ता हरिनारायण दासले संचालन गरेका थिए । जसमा वक्ताहरुको रुपमा जनता मावि गौरीडाडाका प्रधानाध्यापक रामसकल महतो, बटेश्वर गाउँपालिकाका शिक्षा अधिकृत राम लाल महतो, समाजसेवी प्रकाश निरौला, देवकी नमुना विद्यालयकी प्रअ लक्ष्मी महतो सहभागी थिइन् ।

तेस्रो संस्करणमा वटेश्वरमा किसानको चुनौती, अवसर र आर्थिक सम्भाना सहजकर्ता उदय ठाकुर (कृषि इञ्जिनियर )ले संचालन गरेका थिए । जसमा वक्ताहरुको रुपमा वडा नम्बर ५ का वडाध्यक्ष समेत रहेका माछापालक कृषक शिव करण यादव, रेखा कुमारी महतो (कृषक तथा महिला नेतृ), गणेश साह (कृषि फर्म सञ्चालक तथा समाजसेवी) , सत्रुधन महतो (कृषि विद्यार्थी), थिए ।

उक्त कार्यकममा रगतको महत्त्व बुझ्दै रगतको अभावमा झेल्नु परेको व्यक्ति रगतको रगत दान गर्नु भयो । रगत दान गर्नेको संख्या ४८ र रगत समुह परीक्षण गर्नेको संख्या ७५ थियो ।

उक्त कार्यक्रममा पत्रकार शैलेन्द्र महतो क्रान्ति, सञ्चारकर्मी एवं मगही भाषा अभियानी फुलगेन मगही, युवा राजनीतिकर्मी अजय कुमार राउत लगायतले समग्र बटेश्वरको समसमायिक विषयमाथि प्रकाश पार्दै मन्तव्य राखेका थिए ।

स्थानीय समेत रहेका पत्रकार शैलेन्द्र महतो क्रान्तिले गाउँपालिका कार्यालयको दुई कार्यकालको समिक्षात्मक धारणा राखेका थिए । यस्तै फुलगेन मगहीले गाउँपालिकामा संस्कृतिको अवस्थाका बारे, युवा नेता अजय कुमार राउतले बटेश्वरको विकासको अवस्थाबारेमा आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको संचालन युवा संजालका प्रतिनिधि जयकृष्ण महतोले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

१७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

ताजा अपडेट

  • १७औँ स्वर्गीय टिका प्रसाद पोख्रेल स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८२ उद्घाटन

  • झापा–५ : के यो लघु जनमतसंग्रहको संकेत ?

  • जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

  • नेपालको प्रतिनिधिसभा निर्वाचन: मधेस प्रदेश र झापा क्षेत्र नम्बर ५ को राजनीतिक नाडी

  • जनज्योति बहुमुखी क्याम्पसमा BICTE पहिलो सेमेस्टरको स्वागत तथा आठौँ सेमेस्टरको विदाई कार्यक्रम सम्पन्न

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.