Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

हिमपात र बाढीको जोखिम : कोशी, बागमतीलगायत नदीमा सतर्कता

१३ कार्तिक २०८२, बुधबार ०६:३९

काठमाडौँ, कार्तिक १२ गते । आज कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातको सम्भावना छ।

जल र मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमती प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना छ।

विभागका अनुसार उक्त अवधिमा देशको बागमती, कमला, कोशी र कन्काई नदी र ती नदीका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्नेछ। ती क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्छ र कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना छ।

यस्तै बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहावको सम्भावना उच्च छ।

सम्भावित वर्षा र हिमपातले नदीमा आकस्मिक बहाव, पहिरोलगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक र हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रमा प्रभाव पर्न सक्छ।

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा छ। यसपछि चक्रवातको प्रभाव बिस्तारै कमजोर हुँदै उत्तर-उत्तर पश्चिम दिशामा सर्दै न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भूभाग नजिक आएर पूर्वतर्फ सर्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

ताजा अपडेट

  • महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

  • Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

  • गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

  • नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

  • मंगलबार र बुधबार फेरि वर्षा र हिमपात, काठमाडौंमा बादलमात्र

  • जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

© 2025: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.