महोत्तरी — गौशाला नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरू आज (मिति २०८२ साल कार्तिक १२ गते) शोक विदा दिइएको छ।
शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत संजय कुमार सिंहले जानकारी दिएअनुसार, गौशाला–८ स्थित श्री जनता आधारभूत विद्यालय ढल्केवरमा कार्यरत बालविकास सहजकर्ता रेश्मा बलम्पाकीको असामयिक निधनप्रति श्रद्धाञ्जली स्वरूप आज एक दिनका लागि विद्यालय बन्द रहने निर्णय गरिएको हो।
रेश्मा बलम्पाकीको मिति २०८२ कार्तिक ९ गते बिहान १० बजे निधन भएको थियो। उनको निधनले सम्पूर्ण नगरपालिका परिवार स्तब्ध र मर्माहित भएको जनाउँदै नगरपालिका कार्यालयले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
शिक्षा अधिकृत सिंहका अनुसार, शोकको यस घडीमा विद्यालय परिवारले एकताको भावना प्रकट गर्दै स्व. बलम्पाकीप्रति श्रद्धाञ्जली अर्पण गर्न विद्यालयहरू बन्द राखिएको हो।




