बिबेक कुमार महतो
महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाले आज नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरूमा एक दिनका लागि शोक बिदा दिएको छ।
गौशाला नगरपालिका–८ स्थित श्री वीरेन्द्र माध्यमिक विद्यालय, बेलगाछीमा कार्यरत स्थायी शिक्षक तथा पूर्व प्रधानाध्यापक रामनारायण साहको २०८२ मंसिर १७ गते बेलुका ५ बजे असामयिक निधन भएको दुःखद खबर सार्वजनिक भएपछि नगरपालिका स्तब्ध भएको जनाएको छ।
नगर कार्यपालिकाको कार्यालयद्वारा प्रमुख प्रशासकीय अधिकृतले जारी गरेको सूचनामा दिवंगत साहप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै, शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। त्यसक्रममा नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा आज एक दिन शोक बिदा दिने निर्णय गरिएको उल्लेख छ।

नगरपालिकाले साहको निधन शिक्षा क्षेत्रमा अपूरणीय क्षति रहेको बताउँदै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भनी समवेदना प्रकट गरेको छ।





You must be logged in to post a comment.