गौशाला । Gen Z Nepal, औरही नगर समितिले औरही नगरपालिका अन्तर्गत अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको सम्झौता रद्द गरिएको विषयमा स्पष्ट विवरण सार्वजनिक गर्न माग गरेको छ।
समितिका अनुसार २०८२ कार्तिक १६ गते पालिकाले आफ्नो सूचनापाटीमार्फत कर्मचारीहरूको करार तथा अस्थायी सेवा सम्झौता रद्द भएको सूचना जारी गरे पनि कुन–कुन कर्मचारीको नाम, पद र जिम्मेवारी समावेश गरिएको छैन। नामावली नआएपछि स्थानीय तहमा अन्योलता र शंका उत्पन्न भएको Gen Z Nepal को भनाइ छ।
यस विषयमा स्पष्टता माग्दै समिति संयोजक सजित यादवले मिति २०८२/०७/१८ गते सूचना अधिकारी तथा प्रशासन शाखालाई पत्र पठाइ औपचारिक रूपमा विस्तृत विवरण माग गरेका छन्।
समितिद्वारा पठाइएको पत्रमा भनिएको छ:
“सम्झौता रद्द भएका कर्मचारीहरूको नाम, पद, कार्यस्थान, करार अवधि तथा रद्द गर्ने आधारका बारेमा स्पष्ट र आधिकारिक विवरण सार्वजनिक गर्नुपर्ने आवश्यकता रहेकोले सो विवरण शीघ्र उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछौँ।”
Gen Z Nepal, औरहीले स्थानीय सरकारका निर्णयहरू पारदर्शी, जवाफदेही र जनमुखी हुनुपर्नेमा जोड दिएको छ।






You must be logged in to post a comment.