महोत्तरी । भारतको बिहार राज्यमा हुने विधानसभाको दोस्रो चरण निर्वाचनका कारण महोत्तरी जिल्लाका नेपाल–भारत सीमा नाकाहरू अस्थायी रूपमा बन्द हुने भएका छन्।
जिल्ला प्रशासन कार्यालय, महोत्तरीले जारी गरेको सूचनाअनुसार शान्ति–सुरक्षा व्यवस्थापनलाई ध्यानमा राखी २०७९ कार्तिक २२ गते साँझ ६:०० बजेदेखि कार्तिक २५ गते साँझ ६:०० बजे (अनुसार 11 November 2025) सम्म मानवीय तथा आकस्मिक सेवाबाहेक अन्य सबै प्रकारका आवागमन पूर्ण रूपमा रोक लाग्ने जनाइएको छ।
भारतको बिहार राज्यमा सोही समयमा दोस्रो चरणको विधानसभा निर्वाचन हुने भएकाले दुबै देशको सुरक्षा समन्वयका लागि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय, महोत्तरीद्वारा जारी विज्ञप्तिमा सीमा क्षेत्रमा रहेका सबै स्थानीयवासी, यातायात साधन, व्यापार–व्यवसाय तथा सञ्चार माध्यमलाई आवश्यक जानकारी एवं व्यवस्था मिलाउन आग्रह गरिएको छ।




