Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

सनराइज आइडल सिजन १ : संगीत र प्रतिभाको उज्यालो यात्रा

१३ मंसिर २०८२, शुक्रबार २०:३८


हरिवन नगरपालिका–११, सर्लाहीस्थित सनराइज ईंग्लिश बोअर्दिङ स्कुल द्वारा आयोजना गरिएको सनराइज आइडल सिजन १ उत्साह, उमंग र अद्भुत विद्यार्थी प्रतिभासहित सफलतापूर्वक सम्पन्न भएको छ। कक्षा ४ देखि १० सम्मका ६० जना विद्यार्थीहरूले प्रतिस्पर्धामा सहभागीता जनाएका थिए, जसबाट उत्कृष्ट १० जना प्रतिभाहरू छनोट भएर अन्तिम चरणमा प्रवेश गरेका थिए। विद्यार्थीहरूको समर्पण, मेहनत र संगीतप्रति रहेको प्रेमले कार्यक्रमलाई झनै आकर्षक र प्रेरणादायी बनाएको थियो।

प्रतियोगितामा कडा प्रतिस्पर्धामध्ये कक्षा ५ की समस्ती अर्याल विजेता बन्न सफल भइन् भने कक्षा ९ की आकृति वैबा प्रथम रनर–अप घोषित भइन्। कार्यक्रमको उद्घोषण विद्यालयकी शिक्षिका मधु कटवालले गर्नुभएको थियो। निर्णायक मण्डलमा तेज नारायण आले र अयुब भट्टराईको भूमिका महत्वपूर्ण रह्यो, जसले निष्पक्ष मूल्याङ्कनमार्फत प्रतियोगितालाई सफल निष्कर्षमा पुर्‍याए।

विद्यालयका म्यानेजिङ डाइरेक्टर प्रवेश पोखरेलले सनराइज आइडल जस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको शैक्षिक मात्र होइन, व्यक्तित्व विकास र सिर्जनात्मक क्षमतालाई उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उत्साहपूर्ण उपस्थिति र सहयोगले कार्यक्रमलाई झनै अर्थपूर्ण बनाइदियो। सनराइज आइडल सिजन १ ले विद्यार्थीहरूको आत्मविश्वास, प्रतिभा र कलात्मक यात्रामा नयाँ ऊर्जा थपिदिएको विद्यालयले विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

Gen Z Nepal, औरहीद्वारा करार कर्मचारीहरूको नामावली सार्वजनिक गर्न माग

गौशाला नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयमा आज शोक बिदा

नेकपा (माओवादी केन्द्र) को मधेस प्रदेश सभाको संसदीय दलको नेतामा पुनः भरत प्रसाद साह नियुक्त

जेनजी आन्दोलनमा निधन भएकामध्ये ४५ जनालाई सहिद घोषणा

गौशाला बहु सांस्कृतिक कला केन्द्रद्वारा समा–चकेवा प्रतियोगिता आयोजना

ताजा अपडेट

  • चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा प्रशासनिक/स्ववियु भवन उद्घाटन तथा जर्नल विमोचन सम्पन्न

  • विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

  • सर्लाहीमा विद्यालयस्तरीय साईबर सुरक्षा तथा डिजिटल सचेतना कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा BBS चौथो वर्षका विद्यार्थीद्वारा फुड फेस्टिभल सम्पन्न

  • सनराइज आइडल सिजन १ : संगीत र प्रतिभाको उज्यालो यात्रा

  • महोत्तरी: नेपाल–भारत सीमा आवागमन अस्थायी रूपमा बन्द हुने

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

 

Loading Comments...
 

You must be logged in to post a comment.