Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

विद्यार्थी स्वागत कार्यक्रमको अवसरमा शैक्षिक सामग्री वितरण

५ पुष २०८२, शनिबार ०१:१५

बर्दिबास नगरपालिका–२, बुद्ध चोकस्थित श्री जनजागृति आधारभूत विद्यालयका विद्यार्थीहरूलाई बर्दिबास जनता बहुमुखी क्याम्पसका विद्यार्थीहरूले नयाँ विद्यार्थी स्वागत कार्यक्रमको अवसर पारी वि.सं. २०८२ साल पुष ४ गते शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन्। क्याम्पसको व्यवस्थापन तथा शिक्षाशास्त्र संकायमा अध्ययनरत दोस्रो, तेस्रो र चौथो वर्षका विद्यार्थीहरूले आफ्नै खर्च कटौती गरी संकलित रकमबाट समाजसेवाको भावना अनुरूप नजिकैको विद्यालयका विद्यार्थीहरूलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। सामग्री संकलनका लागि क्याम्पसका शिक्षकज्यूहरू तथा विद्यालय परिवारको समेत सहयोग रहेको थियो।कार्यक्रम बर्दिबास जनता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री सीताराम खड्काज्यूको नेतृत्वमा सम्पन्न भएको थियो।

श्री जनजागृति आधारभूत विद्यालयका प्राचार्य श्री अम्बिका प्रसाद दाहालज्यूले विभिन्न संघ–संस्थाबाट यस्ता सहयोग कार्यक्रम भए तापनि आफ्नै विद्यार्थीहरूले शैक्षिक सामग्री वितरण गरेको यो पहिलो अवसर भएको उल्लेख गर्दै यसले अन्य विद्यार्थीहरूलाई पनि सामाजिक सेवाप्रति प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रम संयोजक गंगा साहले साना भाइबहिनीहरूले नयाँ कापी र कलम प्राप्त गर्दा उनीहरूको अनुहारमा देखिएको खुसीले सबैको मन छोएको बताउँदै, फजुल खर्च घटाई यस्ता सामाजिक कार्यमा विद्यार्थीहरूलाई सहभागी गराउन सके समाजमा सकारात्मक संस्कारको विकास हुनेमा आफू विश्वस्त रहेको धारणा व्यक्त गर्नुभयो।

यस प्रकारको प्रेरणादायी पहलले विद्यार्थीहरूमा समाजप्रतिको उत्तरदायित्व बोध गराउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

 

Loading Comments...
 

You must be logged in to post a comment.