Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

जनज्योति बहुमुखी क्याम्पसमा क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

१ फाल्गुन २०८२, शुक्रबार २०:४३

बर्दिबास जनता बहुमुखी क्याम्पसका विद्यार्थी प्रथम र द्वितीय
मिति २०८२ फागुन १ गते जनज्योति बहुमुखी क्याम्पस, सर्लाहीद्वारा आयोजित क्याम्पसस्तरीय निबन्ध लेखन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। “वातावरण संरक्षणमा नवपुस्ताको भूमिका” शीर्षकमा आयोजित उक्त प्रतियोगितामा विभिन्न क्याम्पसका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा बर्दिबास जनता बहुमुखी क्याम्पस का विद्यार्थी यामुना बराल र राम कृष्ण भण्डारी क्रमशः प्रथम र द्वितीय स्थान हासिल गर्न सफल भएका छन्। त्यसैगरी, तृतीय स्थान जनज्योति बहुमुखी क्याम्पस (BICTE प्रथम सेमेस्टर) की रूपा कुमारी साहले प्राप्त गरिन् भने सान्त्वना स्थान शुभजनता बहुमुखी क्याम्पस, बरथवा सर्लाहीका बैधनाथ यादवले हासिल गरे।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले वातावरणीय समस्या, जलवायु परिवर्तन, प्राकृतिक स्रोत संरक्षण, दिगो विकास तथा भावी पुस्ताको जिम्मेवारीजस्ता समसामयिक विषयहरूमा गहिरो विश्लेषण प्रस्तुत गरेका थिए। यामुना बरालको निबन्धले विषयवस्तुको स्पष्टता, तार्किक प्रस्तुति तथा साहित्यिक सौन्दर्यका कारण निर्णायक मण्डलको विशेष ध्यान आकर्षित गर्दै प्रथम स्थान सुरक्षित गर्‍यो। त्यसैगरी, राम कृष्ण भण्डारीको निबन्धले समसामयिक सन्दर्भ, सशक्त सन्देश तथा व्यावहारिक सुझावहरू प्रस्तुत गरेकाले द्वितीय स्थान प्राप्त गर्न सफल भयो।
उक्त प्रतियोगितामा निम्न क्याम्पसहरूको सहभागिता रहेको थियो:
१. सिद्धज्योति एजुकेसन क्याम्पस, सिन्धुली
२. शुभजनता बहुमुखी क्याम्पस, बरथवा सर्लाही
३. श्री नारायण बहुमुखी क्याम्पस, इश्वरपुर सर्लाही
४. बर्दिबास जनता बहुमुखी क्याम्पस, बर्दिबास महोत्तरी
५. मध्य रौतहट बहुमुखी क्याम्पस, रौतहट
६. जनज्योति बहुमुखी क्याम्पस, लालबन्दी सर्लाही
कार्यक्रममा निर्णायक मण्डलले सहभागी सबै विद्यार्थीहरूको सिर्जनशीलता र मेहनतको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीहरूको लेखन क्षमता, आलोचनात्मक सोच तथा सामाजिक चेतनाको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। समापन समारोहमा विजेता तथा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो।
क्याम्पस प्रशासनले भविष्यमा पनि यस्ता सिर्जनात्मक तथा शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण विद्यार्थी, शिक्षक–कर्मचारी, निर्णायक मण्डल तथा व्यवस्थापन टिमप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
यस प्रतियोगिताले क्याम्पसको शैक्षिक गुणस्तर तथा विद्यार्थीहरूको प्रतिभालाई उजागर गरेको भन्दै उपस्थित व्यक्तिहरूले खुसी व्यक्त गरेका छन्। साथै, यस सफलताले आगामी दिनमा विद्यार्थीहरूलाई अझ उत्कृष्ट कार्य गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरिएको

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.

 

Loading Comments...
 

You must be logged in to post a comment.