Reporters Mahesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • समाज
  • स्वास्थ्य
  • राजनीति
  • विशेष
  • अन्तराष्ट्रिय
  • विज्ञान/प्राविधि
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • धर्म/संस्कृति
  • पत्र-पत्रिका
  • रोचक

मालपोत कार्यालय वरिपरि सक्रिय बिचौलिया गिरोह पक्राउ

२० चैत्र २०८२, शुक्रबार १९:३०

प्रवीण कुमार शर्मा 

रौतहट, चैत २० गते ।

रौतहट सदरमुकाम गौरबाट शुक्रबार पाँच जना बिचौलिया पक्राउ परेको छ ।

गौरमा रहेको भूमिसुधार तथा मालपोत कार्यालयबाट चार जना र गौर बसपार्कबाट एक जना बिचौलिया पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सेवाग्राहीलाई अनावश्यक रूपमा हैरान पारेर ठगी कार्यमा संलग्न पाँचै जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक जीवन मैनालीले जानकारी दिए ।

पक्राउ पर्नेमा यमुनामाइ गाउँपालिका वडा २ का २८ वर्षीय सिकित नारायण, राजदेवी नगरपालिका वडा ७ का २४ वर्षीय बब्लु प्रसाद यादव, सोहि ठाउँका ३० वर्षीय श्याम बिहारी यादव, परोहा नगरपालिका वडा ७ का ३९ वर्षीय रामनरेश प्रसाद पटेल र गौर नगरपालिका वडा ८ का ६० वर्षीय राजेन्द्र राउत बरै रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक मैनालीले जानकारी दिए ।

मालपोत कार्यालय, जिल्ला अदालत लगायत अन्य सरकारी कार्यालयमा सेवाग्राहीलाई काम छिटो छरितो गराई दिने भन्दै सेवाग्राहीका कागजात बोकी विभिन्न फाँटहरुमा जाने र सो वापत अनुचित लाभ लिने लगायतका कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

लामो समयदेखि मालपोत कार्यालय लगायत बढि भिडभाड हुने कार्यालयमा बिचौलियाहरुले सर्वसाधारणलाई दुःख दिँदै आएको भएता पनि प्रहरी सक्रिय हुन् नसक्दा जनताले हैरानी खेप्नुको साथै आर्थिक रुपमा पिडित हुदै आएको थियो । वर्तमान सरकार सुशासन कायमसँगै जनताको हरेक पिडालाइ बुझ्दै समाधान गर्ने तर्फ उन्मुख भएको कारण प्रहरीले सक्रियता बढाएको गौर –४ का स्थानिय देवसरण पण्डितले बताए।

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेर आवश्यक अनुसन्धान भइरहेको छ । यस्ता गतिविधिमा संलग्नमाथि कडा कारबाहीको माग समेत उठेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

भारतीय संसद्‍मा बालेन सरकारको ‘माफी’ चर्चा

पर्साका लेखापढी व्यवसायीहरू हडतालमा

ताजा अपडेट

  • हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

  • जनज्योति बहुमुखी क्याम्पसमा चौथो वर्षका विद्यार्थीलाई भव्य विदाई तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

  • विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउन किन आवश्यक छ ?

  • मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

  • कार्यालयमै दुर्व्यवहार ? धनुषाधामका मेयरविरुद्ध कर्मचारीको उजुरी, कारबाहीको माग

  • फेवाताल जग्गा प्रकरण : गृहमन्त्री गुरुङ भन्छन् -आफैँ ठगिएँ

© 2026: Reporters Mahesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.