Reporters Madhesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि

सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

October 12th, 2026

महोत्तरी, औरही :- बडादशैँको घटस्थापनासँगै महोत्तरीको औरही नगरपालिका–७ स्थित प्रसिद्ध सोनामाई मन्दिर परिसरमा यतिबेला विशेष धार्मिक उत्साह छाएको छ। विश्व शान्ति, मानव कल्याण र सामाजिक सद्भावको सङ्कल्पसहित निकालिएको दोस्रो ऐतिहासिक कलश शोभायात्रामा ५ हजारभन्दा बढी श्रद्धालुको घुइँचो लागेसँगै यस क्षेत्रको धार्मिक गरिमा थप उचाइमा पुगेको हो।

औरही नगरपालिका–२ फूलबरियास्थित जंघाहा खोला (बेतो, पचाइन र जङ्गा खोलाको सङ्गमस्थल) बाट पवित्र जल भरेर सुरु भएको यो भव्य यात्रा सोनामाई मन्दिरमा पुगेर समापन भएको थियो। गत वर्ष (२०८२ साल) पहिलो पटक करिब ४ हजार कलशबाट सुरु गरिएको यस परम्पराले यस वर्ष झनै व्यापक रूप लिएको आयोजकले जनाएको छ। यात्रामा महिला, बालबालिका, वृद्धवृद्धादेखि स्थानीय समाजसेवी, धार्मिक अगुवा र सुरक्षाकर्मीसम्मको स्वतःस्फूर्त सहभागिता रहेको थियो।

कलश यात्राको औपचारिक उद्घाटन औरही नगरपालिकाका प्रमुख प्रदीपकुमार खड्का, उपप्रमुख रेणु झा र विभिन्न वडाका अध्यक्षहरूले संयुक्त रूपमा गरेका थिए। यस अवसरमा बोल्दै नगरप्रमुख खड्काले सोनामाई मन्दिर समग्र नगरवासीको आस्था र धरोहरको प्रमुख केन्द्र रहेको बताए। उनले यस्ता धार्मिक अनुष्ठानले नगरवासीबीचको एकतालाई बलियो बनाउनुका साथै सांस्कृतिक सम्पदाको संरक्षण र इतिहासमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गरे।

घटस्थापनाकै दिन निकालिएको यस विशाल शोभायात्राले औरही र आसपासका क्षेत्रलाई पूर्ण रूपमा उल्लासमय र भक्तिमय बनाएको छ। कलश यात्राको यो भव्यतासँगै अब सोनामाई मन्दिरमा लाग्ने प्रसिद्ध ‘भूत मेला’मा यस वर्ष लाखौँ भक्तजनको आगमन हुने अनुमान गरिएको छ। नगरपालिका र स्थानीयको संयुक्त पहलले यस क्षेत्रको धार्मिक पर्यटनलाई समेत टेवा पुर्‍याउने देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

सामा चकेवाको रौनक बढाउँदै ‘SAMA’ म्युजिक भिडियो सार्वजनिक, दर्शकको मन जित्दै

ध‌नुषामा मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता सम्पन्न, गौशला टिम‌ विजय ।

दामी आर्ट्सको कमाल:बरहथवाका चौतारीमा मिथिला चित्रकला ।

धूमधामका साथ गौशालामा विसर्जन गरियो दुर्गा प्रतिमा

ढल्केवरमा‌ डिजिटल सुरक्षा र कानूनी साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न 

हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

ताजा अपडेट

  • सामा चकेवाको रौनक बढाउँदै ‘SAMA’ म्युजिक भिडियो सार्वजनिक, दर्शकको मन जित्दै

  • ध‌नुषामा मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगिता सम्पन्न, गौशला टिम‌ विजय ।

  • दामी आर्ट्सको कमाल:बरहथवाका चौतारीमा मिथिला चित्रकला ।

  • धूमधामका साथ गौशालामा विसर्जन गरियो दुर्गा प्रतिमा

  • ढल्केवरमा‌ डिजिटल सुरक्षा र कानूनी साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न 

  • हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

© 2026: Reporters Madhesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.