
राजविराज । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बोदे बर्साइन नगरपालिका वडा नम्वर ८ काचनमा आज विहान करेन्ट लागेर स्थानीय राम नारायण महतोको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरको छतमा पानी हाल्ने क्रममा उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।