गौशाला : माध्यमिक शिक्षा परीक्षा एसइइ आजदेखि विधिवत रुपमा सुरु भएको छ । आज बिहान ८ बजेबाट देशैभरि परीक्षा सुरु भएको हो ।

कोरोना महामारीका कारण दुई वर्षपछि परीक्षा बोर्डले भौतिक उपस्थितिमा केन्द्र निर्धारण गरि प्रश्नपत्र मार्फत् नै एसइइ परीक्षा सँचालन गरिएको हो ।

११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ हजार ७ सय ६० विद्यार्थीले आवेदन भरेको एसइइ परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

काठमाडौंमा सबैभन्दा बढी ३६ हजार र सबभन्दा कम मनाङमा २९ जना परीक्षार्थी छन् । परीक्षालाई शान्तिपूर्ण र मर्यादित बनाउन केन्द्राध्यक्ष, निरीक्षक र सुरक्षाकर्मी गरि ७० हजार भन्दावढी जनशक्ति खटाइएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर