
जनकपुरधाम । मिलल दर्जी भत्तार, सुते टँगरी पसार गीतमा टिकटक बनाएर टिकटकमा हालेको भिडियोपछि नेपाल प्रहरीले उनलाई कारवाही प्रक्रिया अगाडी बढाएको छ ।
मधेश प्रदेशको सप्तरी जिल्लाको सदरमुकाम राजविराज बस्ने म्यादी प्रहरी निरुता साह नामक युवतिलाई नेपाल प्रहरीले कारवाही प्रक्रिया अगाडी बढाएको जनाएको छ ।
केही रकम कमाउन म्यादी प्रहरीमा छिरेकी राजविराज बस्ने निरुता साहले नेपाल प्रहरीको मर्यादा विपरित टिकटकमा भिडियो बनाएर हालेपछि प्रहरीले उनलाई कारवाही थालेको हो ।
उनले प्रहरीको बर्दीमै अभद्र गीतहरुमा टिकटक बनाएर सार्वजनिक गरेपछि चौतर्फी विरोध भएको थियो । यद्यपी, उनको बचाउको लागि नेपाल प्रहरीकै अनिल यादव भन्ने हबल्दारले टिकटकमा लाईभसम्म आएको देखिएको छ ।
सप्तरीका डिएसपी एवम् प्रवक्ता माधव प्रसाद काफ्लेले समेत म्यादी प्रहरीमा रहेकी निरुता साहलाई कारवाही गरिने जनाएका थिए । तर, साहको लागि केही प्रहरीहरुले नै पैरवी गरेको बुझिएको छ ।
यता, मधेश प्रदेश प्रहरीका प्रवक्ता एसपी तुल बहादुर कार्कीले उनलाई कारवाही प्रक्रिया अगाडी बढाईसकेको बताए । व्यपाक जनगुनासो एवम् सँचारकर्मीहरुको प्रश्नमा उनले साहलाई कारवाही प्रक्रिया अगाडी बढाएको बताए ।
साहलाई चालचलन, मर्यादा विपरित काम गरेको भन्दै सोही अनुसारको कारवाही गर्ने बताइएको छ । यद्यपी, अझै पनि म्यादी प्रहरी निरुता साहले आफूलाई कसैले नहटाएको र आफू अझै पनि ड्युटी गरिरहेको पुनः टिकटकमै लाईभ आएर बताएकी छन् ।
होनहार TIKTOK स्टारहरु गल्तीले बन्यो म्यादी प्रहरी, भिडियो बनाएर प्रहरीलाई लोभाउदै (हेर्नुस् भिडियो)