
काठमाडौं । नेपाल टेलिकमले नेशनल आईसिटी डे २०७९ को अवसरमा विभिन्न अफर उपलब्ध गराउने भएको छ ।
बैशाख १९ गते मनाइने चौथो राष्ट्रिय सुचना तथा प्रविधि दिवसको अवसरमा टेलिकमले ग्राहकहरुका लागि अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो ।
बैशाख १८ देखि बैशाख २४ सम्म उपलब्ध हुने अफर अन्तर्गत ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ ।
त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने ९९ मा उपलब्ध हुंदै आएको प्याक ५० प्रतिशत छुटसहित जम्मा रु. ४९ मा उपलब्ध हुनेछ ।
यसका साथै रु. २०० देखि रु. ४९९ सम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र रु. ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि उपलब्ध गराइएको छ ।