
सर्लाही, मलंगवा ।। सर्लाहीमा भोलि चैत्र २५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा १० हजार ९ सय १६ विद्यार्थीहरु सहभागि हु्न लागेको छ ।
जिल्लाका ३७ वटा परीक्षा केन्द्र मार्फत गतबर्षको तुलनामा ४ सय ९५ बढी विद्यार्थीहरु यसबर्ष परीक्षा सहभागि हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले जनाएको छ ।
साधारणतर्फ १० हजार ६२४ र प्राविधिकतर्फ २९२ विद्यार्थीहरु मध्ये ५५०१ छात्र र ५४१५ छात्रा गरी कुल १० हजार ९१६ जना विद्याथीले कक्षा १० को अध्ययन पूरा गरी एसइइ दिन लागेका ह्ुन ।
जिल्ला भरिका ३७ वटै परीक्षा केन्द्रहरुमा ३७ जना केन्द्राअध्यक्ष, सहायक केन्द्राअध्यक्ष ७४ जना, निरिक्षक ५३५ जना, परिक्षा सहायक १०७ जना, विद्यालय सहयोगी÷कार्यालय सहयोगी २१४ जना र आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको इकाइले जनाएको छ ।
गत वर्ष ३६ वटा परीक्षा केन्द्र रहेकोमा यस वर्षदेखि चक्रघट्टा गाउँपालिकामा पनि पहिलो पटक एसइइको परीक्षा केन्द्र कायम गरिएको छ । चक्रघट्टा गाउँपालिका–२, बेल्हीमा रहेको जनता माध्यमिक विद्यालयमा पहिलो पटक परीक्षा केन्द्र कायम गरिएको हो ।
एसइइमा सामुदायिक ९८, संस्थागत ४५, खुला दुई र गृहणी एउटा गरी १४६ वटा विद्यालयले सहभागिता जनाउँदै छन् । प्राय ः परीक्षा केन्द्र परेको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाएर एसइइ सञ्चालन गर्ने तयारी भएको शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सहायक कुशवाहले बताए ।
गत वर्षको एसइइ मा ३७ वटा परिक्षा केन्द्र मार्फत जम्मा १०४२१ जना विधार्थीहरु सहभागी भएका थिए भने सामुदायिक विधालयमा ९०७९ जना र निजि विधालयमा १३४२ जना विधार्थी सहभागी भएको थियो ।
सामुदायिक माध्यमिक विधालय–९८ र संस्थागत–५५, खुला विधालय–२ र गृहणी विधालय–१, धार्मिक विद्यालय शून्य गरी जम्मा १५६ विद्यालय सहभागित रहेका थिए । गत बर्ष एउटा पनि होम सेन्टर परीक्षा केन्द्र समेत नरहेको थियो ।
गतबर्ष परीक्षाको मार्यादा कायम गर्न नसकेको भन्दै बरहथवा नगरपालिका वार्ड न. ५ चक्र जनता माध्यमिक विद्यालयमा रहेका परीक्षा केन्दका केन्द्राअध्यक्ष रामबहादुर रायलाई निलम्बन गरिएको थियो भने परीक्षा अवधि भर एक केन्द्राअध्य सहित १० जना निरिक्षकलाई समेत निलम्बन गरिएको थियो ।
उत्तरपुस्तिका विधालयहरूमा र प्रश्न पत्र परीक्षा केन्द्र रहेको विधालयको नजिकको प्रहरी कार्यालयमा पुगि सकेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीले माध्यमिक शिक्षा परीक्षालाई स्वच्छ, निष्पक्ष, मर्यादित, व्यवस्थित, अनुशासित, विश्वसनिय तथा भय रहित वातावरणमा सम्पन्न गर्न ४६ बुंदे आचारसंहिता समेत जारी गरेको छ ।
ंंंं
सदरमुकाम मलंगवा स्थित जिल्ला प्रशासन कार्यलय, सर्लाहीको सभा हलमा शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीले माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०७९ संचालन तथा व्यवस्थापन सम्बन्धि केन्द्राअध्यक्षहरुको एक दिने अभिमुखिकरण कार्यक्रम समेत संचालन गरेको थियो ।