
काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९४१ पुगेको छ।
बुधबार ३२१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ७ हजार ७७० जना सक्रिय संक्रमित रहेका छन्।
गत चौबीस घन्टामा ४ हजार ६७२ पीसीआर तथा २ हजार २०२ एन्टिजेन परीक्षण भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३० जना संक्रमित थपिएका छन्। काठमाडौँमा १८, भक्तपुरमा ४ र ललितपुरमा ८ जना संक्रमित थपिएका हुन्।