गौशाला । महोत्तरीबाट स्रोत नखुलेको रकमसहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको जलेश्वर नगरपालिका–१२ थरुवाहीका १९ वर्षीय सुजित मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आइतबार जलेश्वर–३ मलिवारास्थित जलेश्वर भन्सारअगाडिको सडक हुँदै भारतबाट नेपालमा अबैध रूपमा नेपाली मुद्रा ओसारपसार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले प्रहरी चौकी भिट्ठामोडअगाडि चेकजाँच गर्दा युवकलाई पक्राउ गरिएको प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

भारतबाट नेपालतर्फ पैदल आइरहेका युवकले बोकेको ब्यागबाट चार लाख रकम बरामद गरिएको प्रवक्ता विष्टले जानकारी दिए ।

बरामद गरिएको रकमसहित युवकलाई आवश्यक कारवाहीका लागि जलेश्वर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर