काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, मन्त्रालयका अनुसार सोही अवधिमा ३८५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार २४२ रहेको छ ।
कोरोनाका कारण आज १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसघि हिजो १०५ जनामा संक्रमण पुष्टि हुँदा ३२० जना डिस्चार्ज भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर