Reporters Madhesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि

जनकपुरधाममा ‘PRE Local Conference of Youth 2025’ सम्पन्न

August 24th, 2025

जनकपुरधाम, ८ भदौ — जलवायु परिवर्तन, दिगो विकास, र युवाको नेतृत्वबारे केन्द्रित ‘PRE Local Conference of Youth 2025’ जनकपुरधामस्थित मोडेल कलेजमा सफलता साथ सम्पन्न भएको छ। कार्यक्रमको आयोजन युवा संस्था Yuwaah ले गरेको हो भने Power Shift Nepal ले होस्ट गरेको थियो।

कार्यक्रममा मधेस प्रदेशका विभिन्न संघ–संस्थाबाट आएका ४३ जना युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मिथिला वाइल्डलाइफ ट्रस्ट, Youth Advocacy Nepal लगायत संस्थाहरूको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।

उद्घाटन सत्रमा नीति निर्माताको आह्वान
मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले उद्घाटन सत्रमा युवाको सक्रिय सहभागिता बिना जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य हासिल गर्न कठिन हुने बताउँदै, यस्ता कार्यक्रमले युवालाई नीतिगत तहमा योगदान गर्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले चुरे विनाशका कारण मधेसमा पानीको अभाव बढ्दै गएको उल्लेख गर्दै सरकार र नागरिक समाजले एकजुट भएर संरक्षणमा लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले जलवायु परिवर्तनका प्रत्यक्ष असर कृषिमा परेको र कृषकका लागि ठोस राहत योजना आवश्यक रहेको धारणा राख्नुभयो।


विषयगत सत्रहरूमा गहिरो छलफल
कार्यक्रममा Loss and Damage, Climate Finance, Climate False Solutions, GESI (Gender Equality and Social Inclusion), तथा Children and Youth विषयमा समूहगत छलफलहरू गरियो।

महिला अधिकारकर्मी गुन्जा राईले GESI सम्बन्धी सत्र सहजीकरण गर्नुभएको थियो, जसमा समावेशी दृष्टिकोणबाट जलवायु न्याय र युवाको भूमिका बारे चर्चा गरियो।

वातावरण विज्ञ अजित श्रीवास्तवले मधेस प्रदेशमा जलवायु परिवर्तनका प्रत्यक्ष प्रभावबारे प्राविधिक प्रस्तुति दिनुभयो।

युवाको प्रतिबद्धता र नेतृत्वको आह्वान
कार्यक्रमको समापन सत्रमा Yuwaah का संस्थापक अध्यक्ष कैयुम राईन युवालाई सम्बोधन गर्दै भन्नुभयो:
“हामी तपाईंहरूको आवाजलाई राष्ट्रिय LCOY सम्मेलनमा समावेश गर्नेछौं। जलवायु परिवर्तन एक विश्वव्यापी मुद्दा हो, जसमा राजनीतिक आयामहरू पनि छन्। हामी सबैले मिलेर मधेसलाई बचाउनु छ, सुख्खा क्षेत्रलाई जोगाउनु छ। युवाहरू एकजुट भएर आगामी दिनमा थप कार्यक्रमहरू गर्ने प्रतिबद्धता जनाउनु आवश्यक छ।”

कार्यक्रमले युवाहरूलाई जलवायु मुद्दामा गहिरो समझ, नीति निर्माणमा सहभागिता, र सामाजिक नेतृत्वको प्रेरणा दिएको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

ताजा अपडेट

  • हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

  • महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

  • मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

  • सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

  • सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

  • ‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

© 2026: Reporters Madhesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.