Reporters Madhesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि

२३ लाख ८० हजार किसान सूचीकृत

October 14th, 2025

काठमाडौँ, असोज २८ गते । किसान सूचीकरण कार्यक्रमअन्तर्गत २३ लाख ८० हजार किसान सूचीकृत भएका छन्।

अनुदानसहित आवश्यक सहायता उपलब्ध गराउन सरकारले उक्त कार्यक्रम ल्याएको हो। राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारीसहित किसानलाई सूचीकृत गर्न थालिएको कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ।

किसानलाई सूचीकृत गरी उनीहरूको आम्दानीको अवस्था हेरेर चार प्रकारमा वर्गीकरण गरिने केन्द्रका अधिकृत सञ्जिव पण्डितले जानकारी दिए। उनका अनुसार निर्वाहमुखी किसान, साना किसान, मझौला किसान र ठूला किसान पहिचान गरी परिचयपत्र वितरण गरिनेछ।

विद्युतीय सूचना प्रणालीमा किसान जोडिएपछि रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधा उपलब्ध गराउन सहज हुनेछ। ‘विसं २०७८ को जनगणनाअनुसार करिब ४१ लाख किसानको गणना गरिएकाले केन्द्रले पनि उहाँहरूलाई समेट्ने योजना बनाएको हो। कार्यक्रम सम्पन्न हुने समयसम्म यो सङ्ख्या केही घटबढ हुन सक्छ,’ उनले भने।

कृषि सूचना तथा प्रशिक्षण केन्द्रका अधिकृत पण्डितका अनुसार उक्त कार्यक्रममा देशभर स्थानीय तहमार्फत किसानका सूचना सङ्कलन गरिएको हो। किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहित एकीकृत तथ्याङ्क सङ्कलन भइरहेको उनले जानकारी दिए।

उनले विसं २०७७ फागुनमा मन्त्रिस्तरीय बैठकबाट सुरु भएको यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानहरूलाई आग्रह गरे। किसानको पहिचान नभएसम्म उनीहरूले राज्यबाट दिने अनुदान र सेवासुविधा पाउन नसक्ने भएकाले आफ्नो नाम दर्ता गराउन किसानलाई अनुरोध गरिएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

ताजा अपडेट

  • हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

  • महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

  • मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

  • सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

  • सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

  • ‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

© 2026: Reporters Madhesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.