Reporters Madhesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

June 5th, 2026

हरिवन, सर्लाही । विश्व वातावरण दिवस २०२६ को अवसरमा हरिवन नगरपालिकामा सञ्चालित समृद्धिका लागि वन परियोजना र हाम्रो शहर परियोजनाको आयोजनामा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। कार्यक्रम वन तथा वातावरण शाखा, हरिवन नगरपालिका तथा बागमती सेवा समाजको संयुक्त आयोजनामा श्री महादेव जनता माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको हो।

प्रतियोगितामा नगरभित्रका १६ वटा विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। वन संरक्षण, हरित मार्ग, विपद व्यवस्थापन, इको पार्क, वृक्षारोपण, हरित शहर, वातावरण संरक्षण, हरित विकास तथा दिगो भविष्यसम्बन्धी विषयवस्तुमा आधारित चित्रहरू प्रस्तुत गर्दै विद्यार्थीहरूले आफ्नो सिर्जनात्मक क्षमता प्रदर्शन गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाल तथा विशिष्ट अतिथि शिक्षा शाखाका उपसचिव हरि प्रसाद दाहाल रहनुभएको थियो। कार्यक्रमको सञ्चालन सुवास कुश्वाहाले गर्नुभएको थियो भने समापन श्री महादेव जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक गिरिराज रानाले गर्नुभएको थियो।

प्रतियोगिताको मूल्यांकन समितिमा श्री चुडामणि वाग्ले, रुस स्टालिन चौलागाईं तथा विमल जोशी रहनुभएको थियो।

प्रतियोगिताको नतिजाअनुसार:

– प्रथम: महादेव जनता माध्यमिक विद्यालय
– दोस्रो: चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालय
– तेस्रो: अर्किड विद्यालय
– सान्त्वना: सनराइज विद्यालय र एन्जल एकेडेमी

कार्यक्रममा वातावरण संरक्षणप्रति विद्यार्थीहरूलाई सचेत गराउँदै सिर्जनात्मक माध्यमबाट वातावरणीय सन्देश प्रवाह गर्ने उद्देश्य रहेको आयोजकले जनाएको छ। सहभागी विद्यार्थीहरूले वातावरणीय संरक्षण र दिगो विकासका विषयमा आफ्नो सोच र कल्पनालाई चित्रमार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

हरिवनमा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा योग कार्यक्रम सम्पन्न

ताजा अपडेट

  • हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

  • महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

  • मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

  • सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

  • सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

  • ‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

© 2026: Reporters Madhesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.