Reporters Madhesh
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपस्चिम प्रदेश
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • अन्य
    • स्वास्थ्य
    • मनोरञ्जन
    • खेलकुद
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि

मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

October 13th, 2026

महोत्तरी – “गाम घरमे आब न ढोल बजैय, दशहरा पावैन आयल बुझाइए न रहल अई (गाउँघरमा अब ढोल बज्न छाड्यो, दसैँ आएको अनुभूति नै हुन छाड्यो)।”

महोत्तरीको औरही नगरपालिका–२ की ७६ वर्षीया नवीन मिश्रको यो भनाइले मिथिलाञ्चलमा दसैँको घट्दो मौलिक रौनकलाई प्रस्ट पार्छ। बडादसैँको सुरुवातसँगै मिथिलाका गाउँबस्तीमा गुञ्जिने ‘दसैँ के ढोल’ अर्थात् नगाराको आवाज पछिल्लो समय सुनिन छाडेको छ।

विगतमा घटस्थापनाको दिनदेखि नै चमार समुदायका अगुवाहरूले नगारा बजाउँदै गाउँ परिक्रमा गर्ने प्रचलन थियो। नगाराको धुनले दसैँ भित्रिएको सङ्केत मात्र दिँदैनथ्यो, बालबालिका र स्थानीयमा छुट्टै उत्साहसमेत थप्थ्यो। तर, पुस्तौँदेखि चलिआएको यो संस्कृति अहिले लोप हुने संघारमा पुगेको छ।

किन हराउँदैछ परम्परा ?

नगारा बजाउने परम्परा सङ्कटमा पर्नुको मुख्य कारण पुस्तान्तरणको अभाव र वैदेशिक रोजगारी हो। पुराना पुस्ताका अगुवाहरू वृद्ध हुँदै जानु र युवा पुस्ताले पुर्ख्यौली पेसाप्रति चासो नदेखाउनुले यो संस्कृति ओझेलमा परेको हो। रोजगारीका लागि युवाहरू भारत तथा खाडी मुलुक पलायन हुने क्रम बढेपछि गाउँमा यो परम्परा धान्ने जनशक्तिको अभाव छ।

औरही–२ चमारटोलका ७५ वर्षीय भरोसी महरा चमारले उमेर र स्वास्थ्यले साथ दिएसम्म नगारा बजाए पनि अब बिँडो थाम्ने कोही नभएको दुःखेसो पोख्नुभयो। “जबसम्म शरीरले साथ दियो, तबसम्म ढोल बजाएँ,” उहाँले भन्नुभयो, “अहिलेका छोरा–नाति यो काम गर्न रुचाउँदैनन्, अब कसरी परम्परा जोगिएला ?”

मन्दिरमा मात्र सीमित

गाउँबस्ती डुलेर नगारा बजाउने चलन हराए पनि शक्तिपीठहरूमा भने अझै यसको अस्तित्व बाँकी छ। औरही नगरपालिका–७ स्थित प्रसिद्ध सोनामाई मन्दिरमा दसैँको भूत मेला अवधिभर बिहान र बेलुका नगारा बजाइन्छ। मन्दिरका पुजारी केदार झाका अनुसार पहिले टोल–टोलमा घन्किने नगारा अहिले मन्दिर परिसरमा मात्र सीमित हुन पुगेको छ।

संरक्षणको खाँचो

मौलिक परम्पराहरू क्रमिक रूपमा हराउँदै जाँदा सांस्कृतिक पहिचान नै गुम्ने हो कि भन्ने चिन्ता स्थानीय पाका पुस्तामा छ। ७२ वर्षीय पूर्वशिक्षक सीताशरण यादव पुराना रीतिरिवाज मासिँदै जाँदा भावी पुस्ताले आफ्नै संस्कृति बिर्सने जोखिम बढेको बताउनुहुन्छ।

त्यसो त, मैथिली साहित्यकार एवं वरिष्ठ पत्रकार रामभरोस कापडी नगारा परम्परालाई मिथिलाको लोकसंस्कृतिको अभिन्न अङ्ग मान्नुहुन्छ। समयसापेक्ष रूपमा यसलाई परिष्कृत र सम्मानजनक बनाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने उहाँको सुझाव छ। मिथिलाको दसैँको जीवन्ततासँग जोडिएको यो परम्परा जोगाउन स्थानीय सरकार र समुदायले नै संरक्षणको विशेष नीति ल्याउनुपर्ने खाँचो देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

विश्व वातावरण दिवसको अवसरमा नगरस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

ताजा अपडेट

  • हरिवनमा दशैंको शुभकामना आदान–प्रदानसँगै बुक क्लबको बौद्धिक परिचर्चा सम्पन्न

  • महोत्तरी : रातो नदीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

  • मिथिलामा सुनसान बन्दै दसैँ : पुस्तान्तरण नहुँदा लोप हुने अवस्थामा ‘दसैँ के ढोल’

  • सोनामाईमा उर्लियो आस्थाको सागर : ५ हजार कलशसहितको शोभायात्राले छायो दशैँको रौनक, ‘भूत मेला’मा लाखौँको भीड लाग्ने अपेक्षा

  • सेवा, नेतृत्व र समर्पणको प्रेरणादायी यात्रा : लियो क्लब अफ बर्दिबास समाजले सार्वजनिक गर्‍यो लायन्स वर्ष २०२५/२६ का उल्लेखनीय उपलब्धि

  • ‘समृद्धिका लागि वन’ परियोजनामा उत्कृष्ट कार्य : हरिवन नगरपालिका मधेश प्रदेशमा दोस्रो

© 2026: Reporters Madhesh All Rights Reserved | Pravicy Policy

Powered By: Aarti Media Pvt. Ltd.