ढल्केबर, धनुषा। ८ गते आइतबार।
आइतबार धनुषाको ढल्केबरस्थित मिथिला चिया पञ्चायत नामँक होटेल एण्ड क्याफेमा एकदिवसीय डिजिटल सुरक्षा तथा कानूनी साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ।
हाम्रो युवा क्लब ढल्केवर का अध्यक्ष दिपेश कुमार सिंहको अध्यक्षता र समाजसेवी राजलाल महतोको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रममा जम्मा ३५ जना युवा विधार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मिथिला नगरपालिका भित्रका १८ वर्षदेखि २५ वर्षसम्मका युवा विधार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको पहिलो सत्रमा लियो विकास साहले मिथ्या सुचना प्रवाह बाट कसरी सचेत हुने, भ्रामक समाचार र सुचनाबाट बच्ने उपायहरु बारे प्रशिक्षण दिनु भएको थियो भने दोस्रो सत्रमा विपुल कुमार कुशवाहाले डिजिटल गोपनियता, डिजिटल सुरक्षा सम्बन्धमा प्रस्तुतिकरण दिनु भएको थियो । त्यस्तै कार्यक्रमको तेस्रो सत्रमा कानुनको विधार्थी रहेका दिवेश कुमार महतोले कानुनी साक्षरता कार्यक्रम अन्तरगत गोपनियताको हक, सहमति का सम्बन्धमा कानुनी मापदण्ड र कानुनी प्रावधान, जबरजस्ती करणी,लागु पदार्थ दुर्व्यसनीका सम्बन्धमा नेपालको कानुनी व्यवस्थाका सम्बन्धमा प्रशिक्षण दिनु भएको थियो ।
दशैं तिहार को विदालई सदुपयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो। ” जेनजी युवाहरु अबको युगमा सचेत र शिक्षित हुनुपर्छ र डिजिटल सुरक्षा र डिजिटल साक्षरता का सम्बन्धमा जानकार हुनुपर्छ भन्ने उदेश्यले राखिएको कार्यक्रममा आफुले सहयोग गर्न पाउँदा खुसी लागेको” कार्यक्रमका प्रमुख अतिथि समाजसेवी राजलाल महतोले बताउनुभएको थियो।

कार्यक्रममा सहभागी भएका अतिथिहरुले युवाहरुलाई गलत क्रियाकलाप मा नलाग्न र समाजमा सकारात्मक सन्देश प्रवाह हुने क्रियाकलाप मा सहभागी हुन सबै अतिथिहरुले आफ्नो मन्तव्य मार्फत मुख्य सन्देश प्रवाह गर्नु भएको थियो।
कार्यक्रममा विशिष्ट अतिथिका रुपमा मिथिला नगरपालिका -६ का वाडा अध्यक्ष नन्द किशोर यादव, हिमालय युवा क्लब नक्टाझिज का पुर्वअध्यक्ष अरुण कुमार महतो, लियो क्लब अफ काठमाडौं क्यापिटलको अध्यक्ष अञ्जली कुशवाहा, लियो क्लब अफ मिथिला आदर्शको अध्यक्ष धर्मेन्द्र कुमार महतो, लियो क्लब अफ भक्तपुर दिवेश्वरी लयर्स को मेम्बरसिप चेयरपर्सन रुपेश यादव ,लियो रजनिश सिंह राजपुत,लियो पुजा साह , समाजिक अभियन्ता रविन्द्र महतो लगायत मिथिला नगरपालिका भित्रका जेनजी युवाहरुको सहभागिता मा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी सबै युवाहरुलाई प्रमाण पत्र दिइएको थियो भने कार्यक्रमको आयोजना गर्न भुमिका निर्वाह गर्नुहुने सबैलाई आयोजक समितिले सम्मान पनि गरेका थिए ।
हाम्रो युवा क्लब ढल्केवरको आयोजना भएको उक्त कार्यक्रममा लियो क्लब अफ मिथिला आदर्श,लियो क्लब अफ काठमाडौं क्यापिटल र लियो क्लब अफ भक्तपुर दिवेश्वरी लयर्सले सहजिकरणको भुमिका निर्वाह गरेका थिए ।

